FAQs


How one can get entry visa of Nepal where Diplomatic Mission of Nepal is not stationed ?

A visitor can get visa on arrival at the point of entry upon payment of US$ 40.00. Please do not forget to carry two copies of passport size photograph with you.


¤ Do Indian National require entry visa to visit Nepal ?

No. Indian national do not need to get visa to visit Nepal. But they must carry their identity card with them to prove their nationality.


¤ Should Nepalese Nationals register their name in the Embassy ?

It is the obligation of the visiting Nepalese national to register their name in the nearest Nepalese Mission. Registration in the Embassy ensures the consular service in case of requirement in emergency.


¤ Is it compulsory to declare the possession of foreign currency by a visitor at the entry point while visiting Nepal ?

Yes. If somebody is carrying US$ 2000 or more or equivalent in any foreign currency, than they are advised to declare the same at the entry point. Failure to do so, he/she may not carry out the unexpended amount exceeding US$ 2000 or equivalent at departure. Export of foreign currency is prohibited in Nepal. It is advised to exchange foreign currency at authorized bank or exchange counters only and take a receipt for the same.


Does one need to have validity of passport to enter into Nepal ?

Yes, one has to have validity of one’s passport to enter into Nepal. One has to have not less than six month’s validity of passport to obtain visa to enter into Nepal from any entry point.

 

 

बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहनु भएका नेपाली नागरिकहरुले ध्यान दिनु पर्ने महत्वपूर्ण कुराहरु 

संक्षिप्त  पृष्ठभूमि

बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहनु भएका नेपाली नागरिकहरुले कतारको प्रचलित कानून, धर्म, परम्परा र संस्कृति तथा रोजगारदाता कम्पनीसँग भएको करारनामाका प्रावधानहरुको बारेमा आवश्यक जानकारी नहुँदा विभिन्न प्रकारका गल्ति र कमजोरी हुन गई विविध समस्या, दुर्घटना तथा कानूनी जटिलतामा पर्ने गरेको पाइएको छ ।

सामान्य सूचना तथा सतर्कताको अभावमा ठगीमा पर्ने, सडक दुर्घटनामा परी ज्यान गुमाउने, कानूनी कारबाही भोग्नुपर्ने तथा जेल सजाय सम्मको समस्या भोग्नु परेको अवस्था विद्यमान छ। यस सन्दर्भमा नेपाली नागरिकहरुको कतार बसाई सहज र सुरक्षित बनाउन देहायका विषयहरुमा ध्यान दिनुहुन  सम्पूर्ण कतारवासी  नेपालीहरुमा नेपाली राजदूतावास दोहा हार्दिक अनुरोध गर्दछ।

  • रोजगारीसँग सम्बन्धित विषयहरु:
  • आफ्नो राहदानी, कतारी आइ डी, मेडिकल कार्ड, बैंक कार्ड आदिको एकप्रति फोटोकपी गरेर सुरक्षित  राख्नुहोस्। बिनाकारण त्यस्ता कागजपत्रहरू कसैलाई नदिनुहोस्।
  • राहदानी, कतारी आइ डी तथा मेडिकल कार्डको म्याद सकिनु अगावै नवीकरणका लागि कम्पनीलाई जानकारी गराउनुहोस् ।
  • कामको सिलसिलामा तोकिएको पहिरन र सुरक्षा कवच अनिवार्यरुपमा प्रयोग गर्नुहोस् ।
  • काममा जाँदा र बासस्थान फर्कदा कम्पनीले तोकेको सवारी साधनमा मात्र यात्रा गर्नुहोस् ।
  • कुनै प्रकारको प्रलोभन तथा उक्साहटमा परी कार्यरत कम्पनी तथा तोकिएको बासस्थान नछोड्नुहोस् । आफूलाई तोकिएको कार्यस्थल बाहेक अन्यत्र गैरकानूनी रुपमा प्रवेश/काम नगर्नुहोस् ।
  • कुनै पनि बहानामा वा कसैको उक्साहटमा काम स्थगन तथा बन्द हडताल नगर्नुहोस् ।
  • ड्राइभिङ लाइसेन्स तथा रोड परमिट नभई सवारी साधन नचलाउनुहोस् ।
  • तलब नपाएमा, कतारी आइ डी र मेडिकल कार्ड नबनाईदिएमा वा नवीकरण नगरिदिएमा  एवम् भनेको काम, तलब र सुविधा फरक परेको लगायतका समस्या आईपरेमा शिष्टतापूर्वक सुपरभाइजर समक्ष आफ्नो कुरा राख्नुहोस। यस पश्चात पनि समाधान नभएमा कतारको श्रम विभागमा सोको जानकारी गराउनुहोस् ।
  • आफू कार्यरत कम्पनी, संस्था, घरमालिक वा अरु कसैले करारपत्र लगायत कुनै पनि कागजातमा सही गर्न लगाएमा लेखिएको विषय राम्रोसँग बुझेर मात्र सही गर्नुहोस्।
  • आफ्नो कामसँग सम्बन्धित विषयमा सकेसम्म अरबिक र अंग्रेजी भाषाको जानकारी राख्नुहोस् ।
  • रोजगारदाता कम्पनीले दिएको जिम्मेवारी लगनशील, मेहनत एवं इमान्दारीताका साथ पूरा गर्नुहोस् ।
  • ठगीमा पर्न सक्ने विषयहरु:
  • कुनै पनि व्यक्तिसँग लेनदेन गर्दा बिल/भरपाई जस्ता प्रमाण लिई सुरक्षित राख्नुहोस्।
  • बिदामा नेपाल जाँदा र नेपालबाट कतार फर्कदा राम्रोसँग नचिनेका व्यक्ति वा विमानस्थलमै परिचय भएका व्यक्तिले दिएका कुनै पनि सरसामान, लगेज वा ह्याण्डक्यारी नलैजानु/नल्याउनु होस् ।
  • आफ्नो राहदानी वा कतारी आइ डी बाट निकालिएको सिमकार्ड अरुलाई प्रयोग गर्न नदिनुहोस् साथै अर्काको नाममा रहेको सिम प्रयोग नगर्नुहोस् ।
  • सस्तोमा पाइयो भन्दैमा आधिकारिक बिक्रेताबाहेक अन्यबाट मोबाइल लगायतका सामानहरु खरीद नगर्नुहोस ।
  • भाइबर, इमो, म्यासेन्जर जस्ता माध्यमबाट प्राप्त हुने चिट्ठा परेको समाचारलाई विश्वास नगर्नुहोस् ।
  • कसैले सादा कागजमा सही गर्न लगाएमा सही नगर्नुहोस ।
  • कतारमा आजाद भिसाको प्रावधान नभएको हुनाले आजाद भिसाको नाममा नेपालबाट कसैलाई कतारमा ल्याउने कार्यमा संलग्न नहुनुहोस। नेपालबाट उक्त भिसामा आउन चाहने आफन्त वा नातेदारलाई यो विषयमा सचेत गराउनुहोस ।
  • सामाजिक तथा साँस्कृतिक विषयहरु:
  • लागू पदार्थ तथा प्रतिबन्धित औषधीहरुको ‍ओसारपसार, सेवन एवं खरीदबिक्री नगर्नुहोस् ।
  • मदिराजन्य एवम् सुर्तीजन्य वस्तुको उत्पादन, ओसारपसार, सेवन एवं खरीदबिक्री नगर्नुहोस्।
  • कुनै पनि प्रकारका हातहतियार साथमा लिएर नहिंड्नुहोस् ।
  • अनावश्यक जमघट , विवाद, झगडा, होहल्ला तथा कुटपीट जस्ता कार्यहरु नगर्नुहोस् ।
  • महिला हिंसा तथा दुर्व्यवहारजन्य कार्यहरु नगर्नुहोस् ।
  • रमादानको अवधिमा कुनैपनि खानेकुरा सार्वजनिक रुपमा नखानुहोस्।
  • बैवाहिक सम्बन्धको आधिकारिक प्रमाणबिना महिला एवं पुरुष सँगसँगै बसोबास नगर्नुहोस् ।
  • फेसबुक, ट्वीटर, युट्युब, टिकटक जस्ता सामाजिक संजाल तथा विद्युतीय संचार माध्यमहरुमा अनावश्यक कुरा पोष्ट तथा सेयर नगर्नुहोस्।साथै यौनजन्य भिडियोहरु नहेर्नुहोस् ।
  • कतारको धर्म, संस्कृति र सामाजिक परम्पराको सम्मान गर्दै सो विपरितका कार्य नगर्नुहोस् ।
  • स्वास्थ्य तथा सुरक्षा सम्बन्धी विषयहरु:
  • पर्याप्त पानी पिउनुहोस् ।आफ्नो खानपानलाई अनुशासित र मर्यादित बनाउनुहोस्।
  • अत्याधिक गर्मीमा वा कडा परिश्रम गरेपछि धेरै चिसोजन्य खानेकुरा नखानुहोस् र बढी चिसोमा नबस्नुहोस् ।
  • बाटो काट्दा ट्राफिक नियमको पालना गर्नुहोस् र जेब्रा क्रसिङ्बाट मात्र बाटो काट्नुहोस्।
  • आफूले नियमित प्रयोग गर्ने औषधि ल्याउँदा/झिकाउँदा डाक्टरको प्रेस्क्रिप्सन साथै राख्ने व्यवस्था मिलाउनुहोस् ।

. अन्य विषयहरु:

  • परिवार तथा आफन्तहरुसँग नियमित सम्पर्कमा रही आफ्नो अवस्थाबारे जानकारी गराउनुहोस् ।
  • आफूले आर्जन गरेको रकम वैधानिक माध्यमबाट मात्र नेपाल पठाउनुहोस् ।
  • सुन, चाँदी लगायतका बहुमूल्य वस्तु एवं विदेशी मुद्रा र मदिराजन्य वस्तु नेपालमा लैजाँदा तोकिएको परिमाणमा मात्र लैजानुहोस् ।

 

उल्लेखित विषय लगायत अन्य कुनै विषयमा थप जानकारी वा जिज्ञासा भएमा यस राजदूतावासमा सम्पर्क गर्नुहोस । 

 

सम्पर्क ठेगानाः

नेपाली राजदूतावास,

अबु हमोर (ऐन खालिद)

दोहा, कतार

टेलिफोन:-974-44675681/44675683

फ्याक्स :- 974-44675680

पोष्ट बक्स नं.:- 23002

इमेल:- eondoha@mofa.gov.np

वेभ साइट:- www.qa.nepalembassy.gov.np