अधिकृत वारेशनामा


कतारमा कार्यरत् नेपालीहरुले नेपालमा निजको नाममा रहेको जग्गा बिक्रि गर्ने प्रयोजनका लागि यस राजूतावास मार्फत् अधिकृत वारेशनामा प्रमाणित गराउँन सक्नेछन् । यसरी प्रमाणित गर्नुपर्ने अधिकृत वारेशनामा नेपालमा दर्ता रहेको अधिवक्ताद्वारा तयार गर्न लगाई, वारेश लिने व्यक्ति नेपालमा रहेको खण्डमा निजको फोटो/हस्ताक्षर/छाप समेत लगाई देहाय बमोजिमका कागजातका साथ पेश गर्नुपर्नेछः

१.       अधिकृत वारेशनामा दिने व्यक्तिसंग सम्बन्धित  कागजातहरू:क)    सम्बन्धित व्यक्ति स्वयं राजदूताबासमा उपस्थित भई दिएको निवेदन

ख)    तोकिएको ढांचाको अधिकृत वारेशनामा (दुई प्रति सक्कल)

ग)     नागरिकताको सक्कल र फोटोकपि (एक/एक प्रति)

घ)     राहदानीको फोटोकपि

ङ)     कतारी ID को फोटोकपि

च)     जग्गा सम्बन्धि अधिकृत वारेशनामा भएमा जग्गाको लालपुर्जा र चालु बर्षको तिरो तिरेको रसिदको फोटोकपि (एक/एक प्रति)

छ)    नाता उल्लेख भएकोमा नाता खुल्ने कागजात

२.        अधिकृत वारेशनामा लिनेको नागरिकताको फोटोकपि