कम्पनी परिवर्तन


कतारमा कार्यरत् नेपालीहरुको हकमा नेपाली राजदूतावास, दोहा मार्फत् स्पोन्सर/कम्पनी परिवर्तनका लागि चारित्रिक पत्र जारी गर्न सकिनेछ । यसका लागि देहाय बमोजिमका कागजातहरुका साथ आवेदन दिनुपर्नेछः

  1. रीतपूर्वक भरिएको फाराम
  2. पासपोर्ट साइजको फोटो (दुई प्रति)
  3. राहदानीको फोटोकपि
  4. हाल काम गरिरहेको कम्पनीको NOC (No Objection Certificate)
  5. नयां कम्पनीसंग सम्बन्धित  कागजातहरू:
  • Job Offer Letterजब अफर लेटर (के काम गर्ने र कति तलब दिने उल्लेख हुनु पर्छ र त्यसमा उल्लेखित तलब रकम नेपाल सरकारले तोकेको भन्दा कम हुनु हुंदैन ।)
  • Computer Card-कम्प्यूटर कार्डको फोटोकपि

 

द्रष्टव्यः दक्ष जनशक्ति जस्तैः इन्जिनियरको रुपमा कार्यरत् रहेका नेपालीहरुको हकमा UPDA परिक्षणका लागि कम्पनीको अनुरोधपत्र, Computer Card को फोटोकपी, शैक्षिक प्रमाणपत्रहरुको फोटोकपी संलग्न राखी चारित्रिक पत्र जारी गर्न सकिनेछ् ।