कार्यक्रम तथा समारोह आयोजना सम्बन्धी सूचना !

कतारमा आयोजना गरिने कुनै पनि औपचारिक तथा अनौपचारिक कार्यक्रम तथा समारोहका लागि सोको आयोजना हुने मितिले कम्तिमा पनि एक महिना अगाडि नियमानुसार कतार सरकारको सम्बन्धित आधिकारिक निकायमा औपचारिक रुपमा निवेदन दिई स्वीकृति प्राप्त भएपछि स्थानीय कानून र प्रचलनबमोजिम कार्यक्रम तथा समारोहको आयोजना गर्नु पर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिएको छ।

 

नेपाली राजदूतावास

   दोहा, कतार ।

  2074 माघ १