नेपाली कामदारहरुको सुरक्षा र हकहित संरक्षणः कानूनी तथा व्यवहारिक पक्षहरु कार्यक्रमका समबन्धमा प्रेस विज्ञप्ति


  नेपाली राजदूतावासदोहाको आयोजनामा मिति २०७४ असार २ गते शुक्रबारका दिन आर्थिक कूटनीति सम्बन्धी कार्यक्रम अन्तर्गत “नेपाली कामदारहरुको सुरक्षा र हकहित संरक्षणः कानूनी तथा व्यवहारिक पक्षहरु” बिषयमा कतारमा विभिन्न संस्थासंग सम्बन्धित रही कार्यरत नेपाली समुदायसंग अन्तर्क्रियात्मक छलफल कार्यक्रम सम्पन्न भयो ।उक्त कार्यक्रममा नेपाल कतारबीचको रहिआएको श्रम सम्बन्धलाई थप अभिवृद्धि गर्ने सिलसिलामा विद्यमान कानूनी व्यवस्थासंस्थागत संरचनाकामदारहरुले भोग्नुपरेका प्रमुख समस्याहरु राजदूतावासबाट समस्या समाधानार्थ अवलम्बन गरिएका एवम् भावी दिनहरुमा गर्नुपर्ने कार्यहरुनेपाली समुदायहरुको अपेक्षित भूमिकालगायतका विषयहरूमा अन्तरक्रियात्मक छलफल भएको थियो ।

    सो कार्यक्रमको प्रारम्भमा नेपाली कामदारहरुको सुरक्षा र हकहित संरक्षण अन्तर्गत रहेको कानूनी तथा व्यवहारिक पक्षहरुको बिषयमा राजदूतावासबाट एक संक्षिप्त कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा उपस्थित सहभागिहरूबाट उक्त कार्यपत्रअन्तरक्रियाका सम्बन्धित विषयहरू एवम् अन्य समसामयिक विषयहरूमा आ-आफ्नो विचार प्रस्तुत गर्नु भएको थियो ।

    कार्यक्रमको समापनको अवसरमा बोल्नुहुँदै कतारका लागि नेपाली राजदूत महामहिम प्रा. रमेश प्रसाद कोइरालाज्यूले नेपाल कतारबीचको द्विपक्षीय सम्बन्धलाई विशेषत् श्रम सम्बन्धलाई थप उचाईमा लैजानका लागि  नेपाली राजदूतावास, दोहा योजनावद्ध रूपमा क्रियाशील हुँदै आएको र आगामी दिनहरूमा थप प्रभावकारिताकासाथ कार्यहरू अगाडि बढाउन लागिएको जानकारी दिनु भयो । उहाँले कतारमा कार्यरत् नेपाली श्रमिकहरुलाई मध्यनजर गरी नेपाली राजदूतावास, दोहाले कतार सरकारका सम्बन्धित निकायहरुसँग समन्वय गरी विभिन्न कार्यक्रमहरु ल्याउन प्रयासरत रहेको जानकारी गराउँनुभयो । साथैउहाँले नेपाली श्रमिकहरुको समस्या सीघ्र समाधानका लागि नेपाली राजदूतावास कतारको श्रम मन्त्रालयका प्रतिनिधिहरु बीच निरन्तर सम्पर्क स्थापना एवम् आवश्यक कार्यहरु गर्नेगरी एक छुट्टै संयन्त्र निर्माण गर्ने व्यवस्था समेत मिलाईएको जानकारी गराउनु भयो ।

नेपाली राजदूतावास
दोहाकतार ।
२०७४ असार २