नेपाली राजदूतावास, दोहाबाट २०७४ माघ देखि चैत्र महिना सम्म भएका श्रमिकका हकहित तथा उद्धार सम्बन्धी प्रगति विवरण

क. मुख्य कार्यहरु

  • Swiss Engineering for Contractor WLL कम्पनीमा कार्यरत सात जना नेपाली श्री जीत बहादुर बि.क., श्री हरि कुमार थापा, श्री श्याम केवट, श्री गिरी पंगेनी, श्री श्याम लाला राना, श्री राम कृष्ण गुरुङ र श्री कृष्ण बहादुर दर्जीलाई उक्त कम्पनीले फकाई फुलाई गलत (खाली) कागजातमा दस्तखत गराई पछि कम्पनीले उक्त खाली दस्तखत गराएको कागजमा प्रत्येकले कतारी रियल ९ (नौ) हजार ऋण बुझिलिएको भनी लेखि त्यसकै आधारमा उनीहरु बिरुद्ध अदालमा मुद्धा चलाइरहेकोमा र कम्पनीमा बसेर काम गरिरहेको अवस्थामा समेत भागेको भनी पुसलीकहाँ उजुरी समेत हालेकोमा राजदूतावासको बिशेष पहलमा कतार सरकारबाट बिशेष निर्णय गराई निजहरुलाई मिति २०७४।१२।२३ गते नेपाल फर्काईएको ।
  • कतारको सवारी संचालन गर्ने अनुमतिपत्र बेगर सवारी साधान चलाइ दुर्घटना गराएको कसुरमा नेपाली नागरिक श्री मोहन चन्द्र मरासिनीलाई कतारी अदालतको फैसला बमोजिम जेल सजाय पछि जरिवाना भुक्तानीकोलागी राजदूतावासबाट आवश्यक समन्वय गरि सजाय भूक्तान पछि नेपाली राजदूतावासबाट अन्य बिभिन्न प्रकिया पूरा गरी मिति २०७४।१२।२२ गते राती ४ बजे नेपाली राजदूतावासमा लिएर आई पुरुषहरुको सुरक्षित आप्रवासन गृह नभए पनि बसोबास खान र बस्नको ब्याबस्था गरि मिति २०७४।१२।२२ देखि २०७५।१।२ गते सम्म राजदूतावासमै राखि मिति २०७५।१।३ गते नेपाल फर्कइएको ।
  • कतारको United Cleaning, United International, Al Jazeera Cleaning, Shatt al Jazira Trading and Contracting (कम्पनी संचालन गर्ने एउटै ब्यबस्थान भएको) कम्पनीमा कार्य गर्दै आएका 120 जना नेपाली कामदारहरुलाई ३ महिनाको तलव र एक महिना देखि खाना समेत नदिएको विषयमा मिति २०७४।१२।४ मा राजदूतावासमा जानकारी भएको र सोही दिन राजदूतावासको समन्वयमा कतारको Labour Department को प्रतिनिधि Ahmed लाई राजदूतावासमा बोलाई कामदारहरुको रोहवरमा छलफल भइ खानाको समस्याको लागि Labour Department ले आवश्यक समन्वय गर्ने भनेपछि सोही बमोजिम खानाको ब्यबस्था भएको र केहीलाई नेपाल फर्काउने काम भएको, केही कम्पनी परिवर्तनको प्रकिया अगाडी बढाउने ब्यबस्था मिलाईएको ।
  • Hamad Bin Khalid Bin Hamad WLL (HKH) मा कार्यरत ४३९ जना नेपाली कामदारहरुलाई बिगत ४ देखि ६ महिना सम्मको तलब नपाएको र १ महिनादेखि खानको समस्या भएको जानकारी मिति २०७५।१।६  मा भएको ।  उक्त कम्पनीको समस्याका विषयमा कतारको श्रम मन्त्रालय, श्रम विभाग र कम्पनीको जिम्मेवार व्यक्तिहरुसँग  छलफल गरी उक्त समस्या यथासिघ्र समाधान गर्न अनुरोध गरिएकोमा कम्पनीले चाडै वांकी अवधिको तलव उपलव्ध गराउने जानकारी गराएको । खानाको समस्या समाधानका लागि  कतारको श्रम मन्त्रालय र श्रम विभाग समेतलाइ जानकारी गराइ ती निकायको समन्वयमा केही दिन खानाको व्यवस्था मिलाइएको र राजदूतावासको तर्फवाट समेत केही दिनका लागि खाना उपलव्ध गराइएको । उक्त कम्पनी वन्द हुने अवस्थामा पुगेको हुँदा कम्पनी परिवर्तन गर्न चाहने हरुका लागि परिवर्तन गराउन र घर फर्कनेहरुका लागि घर फर्काउने कार्यका लागि समन्वय भै रहेको ।

 

ख. २०७४ माघ फागुन र चैत्र महिनाको मृतक, अस्पतालमा कोमामा रहेका, उद्धार, बिभिन्न मागपत्र प्रमाणिकरण लगायतका बिबरणः

 

क्र.सं बिबरण बिषय अनुसार कतारका सम्बन्धित निकायमा पठाइएका जम्मा संख्या कैफियत
१. राजदूताबासबाट समाधान गरिएका विभिन्न समस्याहरु   ५३०  
२. पाउनुपर्ने सेवा सुविधा नपाएका (खासगरी तीन महिना भन्दा बढीको सेवा सुविधा नपाएका) कतार सरकारको श्रम बिभागमा कमादारको निवेदकको सङख्या ८२७  
३. कम्पनी छाडेका, कतारी ID नलगाइएका तथा ID को म्याद सकिएको छ महिना भन्दा बढी भएका तथा Over Stay बसेकाहरु कतार सरकारको Search and Follow Up (SFD) Department मार्फत आवश्यक प्रक्रिया पूरा गरी नेपाल जाने प्रक्रियाको निवेदकको सङख्या ४१६  
४. आकस्मिक अवस्था परी नेपाल जानुपर्ने  तर कम्पनीले सहजै जान स्वीकृती नदिएका Valid ID भएका कामदारहरुलाई Emergency Exit Committee  मार्फत नेपाल पठाउने व्यावस्थाकोलागि अगाडी बढाइएकाहरु कतारको मदिना खलिफा स्थित पुलीस अफिसले आकस्मिक रुपमा नेपाल जानुपर्ने अवस्थाको एकीन गरी सम्बन्धित कम्पनीसँग समन्वय गरी नेपाल पठाउने व्यवस्थाको लागि निवेदकको संख्या १४१  
५. कतारक Search and Follow Up department(SFD) अन्तरगत Deportation Centre मा घर फर्कने क्रममा रहेका नेपालीहरुको संख्या   १२३  
६. कानूनी कारवाहीको सिलसिलामा अदालती प्रक्रिया पूरागरि सजाय भुक्तानकोलागि Central Jail मा रहेका नेपालीहरुको संख्या   ४७  
७. कम्पनी परिबर्तन गरी काम गर्न चाहनेहरुको संख्या राजदूतावासको सम्पर्कमा आइ सिफारिस गरिएको संख्या ११९  
८. सिकिस्त अवस्थामा अस्पतालको कोमामा Stable Condition अवस्थामा रहेका बिरामीहरुको संख्या  

 

१०  
९. मृत्यु भएका नेपालीहरुको संख्या   ३३  
१०. ब्यक्तिगतमागपत्र प्रमाणिकरण संख्या   ३१८  
११. समूहगत मागपत्र प्रमाणिकरण संख्या १५० कम्पनीबाट पेश भएका मागपत्र १५९०  
१२. पुनः श्रम स्वीकृतीकोलागि शिफारिस संख्या   ७८  

 

 

नेपाली राजदूतावास

दोहा, कतार ।

२०७५/२/२