भिसा


नेपाल प्रवेशाज्ञा सम्बन्धी सामान्य जानकारी

1. भारतीय नागरिक बाहेक अन्य सबै विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न भिसा प्राप्त गर्नुपर्नेछ । नेपालको सीमाभित्र आगमन तथा बहिर्गमनका बखतमा प्रत्येक विदेशी नागरिकरहरुले तोकिएको फारम भरि सम्बन्धित अध्यागमन कार्यालयहरुमा बुझाउनुपर्नेछ ।

2. पर्यटकहरुलाई राजदूतावासबाट प्रदान गरिने भिसा तथा शुल्क देहाय बमोजिम रहेका छन्

  • १५ दिने पर्यटक भिसा- कतारी रियाल 100/-
  • 30 दिने पर्यटक भिसा- कतारी रियाल 160/-
  • ९0 दिने पर्यटक भिसा- कतारी रियाल ४00/-

3. बर्ष (जनवरी-डीसेम्बर) मा पहिलो पटक ३० दिनको लागि बंगलादेशीभुटानीमाल्दिभियनपाकिस्तानी र श्रीलंकन राहदानी वाहकहरुलाई भीसा शुल्क लाग्ने छैन् ।

4. नाइजेरियाघानाजिम्वावेस्वाजील्याण्डक्यामेरुनसोमालियालाईबेरियाइथियोपियाइराकप्यालेस्टाइनअफ्गानिस्तान र सिरियाका नागरिकहरु बाहेक अन्य विदेशी नागरिकहरुले काठमाडौंमा अवस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालय तथा अन्य नाकाहरुबाट भिसा प्राप्त गर्न सक्नेछन् ।माथि उल्लिखित देशका नागरिकहरुले नजिकको नेपाली राजदूतावासहरुबाट भिसा लिनु पर्नेछ ।

5. नेपालको आगमन/प्रस्थान बिन्दुहरुः

  1. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाठमाडौं
  2. काकरभिट्टाझापा
  3. विरगंजपर्सा
  4. कोदारीसिन्धुपाल्चोक
  5. वेलहियाभैरहवा
  6. जमुनाहानेपालगंज
  7. मोहनाधनगढी
  8. गढ्ढा चौकीमहेन्द्रनगर
  9. रसुवागढीरसुवा

6. पर्यटकहरुले प्रत्येक बर्ष (जनवरी-डीसेम्बर) मा अधिकतम १५० दिनका लागि भिसा पाउनेछन् ।

7. अध्यागन विभाग र पोखरामा अवस्थि अध्यागमन कार्यालयबाट कुल १२० दिन सम्मका लागि भिसा अवधि बढाउनसक्नेछथप ३० दिन विभागबाट मनासिब लागेमा प्रदान गरिनेछ । एक भिसा बर्षको अवधिमा पर्यटककको नेपाल बसाई कुल १५० दिन भन्दा बढी हुन हुदैन ।

8. यस राजदूतावासबाट भिसा प्राप्त गर्न देहयका कागजात पेश गर्नुपर्नेछ .

  • रीतपूर्वक भरिएको भिसा आवेदन फारम
  • सक्कल राहदानी (कम्तीमा ६ महिना वहा अवधि भएको)
  • हालसालै खिचेको फोटो एकप्रति
  • भिसा अधिकृतले आवश्यक ठानेक अन्य कागजातहरु जस्तैः होटल बुकिङ्गकम्पनीको अनुरोधपत्रहवाई टिकटआदी

9. प्रत्येक दिन कार्यालय समयमा बिहान ०८०० देखी दिउँसो ०२०० सम्म राजदूतावासमा भिसाका लागि आवेदन दिन सकिनेछ ।

10. थप जानकारीका लागि नेपाली राजदूतावासदोहा (44675681/83 वा nembdoha@gmail.com) मा सम्पर्क गर्नुहोस् ।

 

11. अन्य महत्वपूर्ण जानकारीः

  • नेपाल भित्रने तथा छाड्ने समयमा अनिवार्य रुपमा राहदानीमा छाप लगाउनुहोस् ।
  • विदेशी नागरिकहरु राहदानी तथा भिसा नभई नेपालमा बसेको पाइएमा कानून बमोजिम कारवाही हुनेछ ।
  • नेपालका संरक्षित क्षेत्रहरु भ्रमणका लागि नियमानुसार स्वीकृति लिनुपर्नेछ ।
  • भिसा परिवर्तन तथा अवधि थपका लागि अध्यागमन विभागमा सम्पर्क राख्नुहोस् ।

12. वैदेशिक मुद्रा सम्बन्धी प्रावधानः

वैदेशिक मुद्रा सम्बन्धी कानून अनुसार नेपाल भ्रमणमा आउने विदेशी नागरिकले नगद पाँच हजार अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा मात्र साथमा ल्याउन पाउनेछ । सो भन्दा बढी रकम लैजानु परेमा बैंक मार्फत् लैजानुहुन अनुरोध गरिन्छ ।

 

द्रष्टव्यः माथि उल्लिखित व्यवस्था जुनसुकै बखत पनि परिवर्तन गर्न सकिनेछ ।