मासिक अन्तर्क्रियात्मक कार्यक्रम “Sharing and Hearing” बारे सूचना !

कतारस्थित नेपाली संघसंस्था तथा कतारमा रहनुभएका नेपालीहरुसँगको मासिक अन्तर्क्रियात्मक कार्यक्रम “Sharing and Hearing” देहाय बमोजिमको मिति, समय र स्थानमा आयोजना गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।थप जानकारीका लागि राजदूतावासको फोन नम्बर ४४६७५६८१/८३ मा सम्पर्क गर्नुहोला ।

उक्त कार्यक्रमको अवसरमा प्रतिनिधि सभा सदस्य माननीय विन्दा पाण्डेज्यू पनि सहभागी हुनु हुने र वहांसंग नेपाली समुदायको अन्तरक्रियात्मक छलफल समेत हुने भएकोले सोही अनुसार उपस्थिति भइदिनु हुन जानकारीका लागि अनुरोध गरिन्छ।

मितिः २०७४ फागुन ११ गते, शुक्रबार
समयः दिउँसो ०२०० बजे
स्थानः नेपाली राजदूतावासको चान्सरी भवन, ऐन खालिद, दोहा
नेपाली राजदूतावास
दोहा, कतार ।