विज्ञप्ति


नेपाली राजदूतावास, दोहा

विज्ञप्ति

 

मिति २०७४ असोज २६ गते तदअनुसार १२ अक्टुवर २०१७ का दिन कतारका लागि नेपालका महामहिम राजदूत प्रा. रमेश प्रसाद कोइराला र कतार सरकारका प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्री H.E. Issa bin Saad Al-Jafali Al-Nuaimiवीच भेटवार्ता सम्पन्न भयो। उक्त अवसरमा नेपाल कतारबीचको कूटनीतिक र श्रम सम्बन्धलगायत द्विपक्षीय सम्बन्ध अभिवृद्धि र विस्तारका सम्बन्धमा हालका दिनहरूमा भएका प्रगतिहरूको समीक्षा गर्नुका साथै विशेष गरी कतारमा काम गर्ने नेपाली कामदारका तलव, सुविधा, आवास, करार पत्र, सहज घर फिर्तिर कतारको आवासीय भिषा लगायतका विषयहरुमा आइपरेका समस्याहरु र सो को समाधानको लागि भए गरेका प्रयासहरू र आगामी दिनहरूमा अवलम्वन गर्न उपयुक्त हुने कार्यहरूका सम्बन्धमा विस्तृतरुपमा छलफल भयो। उक्त भेटका अवसरमा कतार सरकारका तर्फवाट निकट भविश्यमा कामदारहरूका समस्या सीघ्र र सहज समाधानका लागि एक छुट्टै संस्थागत व्यवस्था गरी सो मार्फत उपयुक्त कार्यहरू गरिन लागिएको जानकारी प्राप्त भयो।

२०७४ असोज २६