Press Release


प्रेस विज्ञप्ति

 

मे २, २०११, दोहा, कतार ।
व्यक्तिगत भीसामा कतारमा कामदार ल्याउने सम्वन्धमा मे १, २०११ का दिनदेखि भीसा तथा Employment Contract मा यस राजदूतावासबाट प्रमाणिकरण गर्ने कार्य शुरुवात गरिएको छ ।
उक्त बमोजिम प्रमाणिकरण गरिएका भीसा तथा अन्य जानकारी यस राजदूतावासको वेवसाइट www.nembdoha.com बाट सजिलै हेर्न सकिने छ । दूतावासको website मा आजैका मितिदेखि व्यक्तिगत (Individual) को हकमा राहदानी नंम्वर (Passport Number) टाइप गरी हेर्न सकिने र संस्थागत (Organizational) प्रमाणिकरणको हकमा सीधै खोज (Search) बटम दवाएर यथार्थ विवरण हेर्न सकिने व्यवस्था गरिएको छ । अबदेखि कोही कसैले कतारमा नेपाली कामदार ल्याउन चाहेमा व्यक्तिगतको हकमा राहदानीको फोटोकपी, भीसाको कपी र Employment Contract पेश गरी कागजातमा प्रमाणिकरण गराउन हुन र संस्थागतको हकमा पहिलेकै प्रक्रिया जारी रहने छ । अब उप्रान्त जुनसुकै संस्था वा व्यक्तिले कतारमा कामदार ल्याउन अनिवार्यरुपमा यस राजदूतावासबाट आवश्यक कागजात प्रमाणिकरण गराएर मात्र ल्याउने व्यवस्था मिलाउन हुन सर्वसाधारण सबैको जानकारीको लागि नेपाली राजदूतावास दोहा हार्दिक अपील गर्दछ ।

नेपाली राजदूतावास
दोहा, कतार ।