नेपाल फर्कने सम्बन्धी जरुरी सूचना

कतारबाट नेपाल फर्कनैपर्ने व्यक्तिहरुका सम्बन्धमा निम्नबमोजिम सूचना सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छः

१. उडान सम्बन्धमा

नेपाल एयरलाइन्सको २० जुन र हिमालय एयरलाइन्सको २२ र २४ जुन २०२० का लागि आवश्यक उडान अनुमतिका लागि कतार सरकारको सम्बन्धित निकायमा पत्राचार गरिएको छ । नेपाल एयरलाइन्सको दोश्रो उडानको मिति तय भएपछि जानकारी गराइने छ ।

२.. यात्रु सम्बन्धमा

माथि उल्लेखित ३ वटा उडानहरुका लागि सम्भावित यात्रुहरुको सूची कतार सरकारको सम्वन्धित निकायबाट स्वीकृत भइसकेको छ।

३.. हवाई भाडाका सम्बन्धमा

हवाई भाडा अमेरिकी डलर ३९२ (तीनसय बयानब्बे) तोकिएको छ ।

४. स्वास्थ्य परीक्षण सम्बन्धमा

कतारमा हाल निजी स्वास्थ्य संस्थाहरुलाई कोराना परीक्षण गर्ने अनुमति नभएकाले दोहा-काठमाण्डौ यात्रा गर्ने क्रममा कोरोना संक्रमण नभएको प्रमाणपत्र साथमा राख्न संभव नभएको सन्दर्भमा विमानस्थलमा ज्वरो मापन गरिने साथै “Ehteraz मोबाइल एप” मा हरियो रंग भएका व्यक्तिले मात्र विमानस्थलमा प्रवेश गर्न पाउने हुनाले अनिवार्य रुपमा उक्त एप संचालनमा ल्याउनु हुन अनुरोध छ ।( त्यसका लागि एप डाउनलोड गरी त्यसमा कतारी ID नं. वा भिसा नं. दर्ता गरेर उक्त एप संचालनमा ल्याउन सकिन्छ ।)

५. अन्य जानकारी

२० जुन २०२० को नेपाल एयरलाइन्सको उडानमा यात्रा गर्ने सम्भावित यात्रुहरुको नामावली (https://drive.google.com/…/1VTvfyzDsxrcTy7gRKXUMH9443…/view…)

२२ जुन २०२० को हिमालयन एयरलाइन्समा यात्रा गर्ने सम्भावित यात्रुहरुको नामावली (https://docs.google.com/…/1wu7UdMHqkypJakjtaODMSny570…/edit…)

२४ जुन २०२० को हिमालयन एयरलाइन्समा यात्रा गर्ने सम्भावित यात्रुहरुको नामावली (https://docs.google.com/…/1Z73QIW3y6Ri__rlbjyg5KaL_zR…/edit…)

नेपाल एयरलाइन्सको दोस्रो उडानमा यात्रा गर्ने सम्भावित यात्रुहरुको नामावली (https://docs.google.com/…/1Z8UxWKEwSCi0HmMkRje27ESdCi…/edit…) ( यो सूचीमा पर्नुभएका व्यक्तिहरु कतारको सम्बन्धित निकायबाट Clearance प्राप्त भएपछि मात्र उडान गर्न सक्नु हुनेछ ।)

६. हवाई टिकटका लागि सम्पर्क गर्नुपर्ने आधिकारिक ट्राभल एजेन्ट

क) नेपाल एयरलाइन्सको लागि

Fahd Travels, Jaida Towers (Sales & Reservation )

Abdul Hafeez , Mob +974 70665648, Kashi Dhamala, Mob +97466675150

Tel +974 44318080 Fax +974 44214744 Email: doh.sales@nac.com.np, nepalairlinessales@fahdtravels.com

ख) हिमालय एयरलाइन्सको लागि

Cleopatra Travels, Doha, Roshan Thakur: 33486465 Tel+974 44435333

(D-Ring Road,Building No 51,
Area No 45,
Area : Old Airport Road in between Lulu & FFC)

Roshanthakur75@gmail.com, Roshan@cleopatraholidays.com

७. बुँदा नं. ५ मा उल्लेख भएका व्यक्तिहरु तोकिएको उडानमा सिट क्षमता नपुग भई उडान गर्न नसकेमा एयरलाइन्सले क्रमशः अर्को उडानमा समावेश गर्दै लैजाने छ।त्यसैगरी पर्याप्त यात्रु नपुगेमा एयरलाइन्सले त्यसपछिका उडानका यात्रुलाई समावेश गर्न सक्नेछ ।

८. राजदूतावासको नेपाल फर्किनका लागि रजिष्ट्रेशन फाराम भर्नुभएका र विभिन्न माध्यमबाट नाम लेखाउनु भएका अन्य व्यक्तिहरुको हकमा प्राथमिकताको आधारमा थप उडानहरु तोकिएपछि क्रमशः सूची प्रकाशन गरिने छ।

९. नेपाल फर्कने यात्रुले http://ccmc.gov.np/doc_upload/nepal_return_form.pdf लिंकबाट डाउनलोड गरी २ (दुई) प्रति व्यक्तिगत विवरण फारम भरेर साथमा राख्नु पर्नेछ । यात्रा शुरु हुनु ४ घण्टा अगावै यात्रुले हवाई टिकट, राहदानी, भिसा तथा कतार आईडी लगायत व्यक्तिगत विवरण भरेको फाराम साथमा लिई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पुगिसक्नु पर्नेछ । (उक्त फाराम माथि उल्लेखित ट्राभल एजेन्सीमा समेत प्राप्त गर्न सकिने छ ।)

नेपाली राजदूतावास, दोहा

२०७७/३/४