अवैध आप्रवासीको कानूनी हैसियत नियमित गर्ने अवधी ३० अप्रिल २०२२ सम्म थप भएकोबारे सूचना

कतारको आप्रवासी आगमन र प्रस्थान तथा उनीहरुको आवास नियमन गर्ने सन् २०१५ को कानून नम्बर २१ उल्लंघन गरेका अवैध आप्रवासीको कानूनी हैसियत संशोधन गरी नियमित गर्ने अवधी आगामी ३0 अप्रिल २०२२ सम्म थप गरिएको यहाँको आन्तरिक मामिला मन्त्रालयले घोषणा गरेको छ।

यस घोषणाबाट आवासिय नियम (residency rules) तथा कामसम्बन्धी भिसा नियम (work visa rules) उल्लंघन गरेका आप्रवासीहरुले लाभ लिन सक्ने तथा त्यस्ता आप्रवासीले देहायअनुसार गर्नुपर्ने जनाइएको छ;

  • अवैध आप्रवासी वा रोजगारदाताले Search and Follow-up Department मा Settlement निवेदन पेश गर्नुपर्ने।
  • एक रोजगारदाताबाट अर्को रोजगारदातामा स्थानान्तरण (transfer) हुन चाहने अवैध आप्रवासीले Search and Follow-up Department वा देहायका स्थानमा रहेका सेवा केन्द्रहरुमा निवेदन पेश गर्नुपर्ने;
  1. Umm Salal
  2. Al Rayyan
  3. Mesaimeer
  4. Al Wakra
  5. Umm Senaim
  • हालको रोजगारदातामातहत रहि आवासिय अनुमतिपत्र (Residence Permit) जारी वा नवीकरण गर्नको लागि देहायका स्थानमा रहेका सेवा केन्द्रहरुमा Settlement निवेदन पेश गर्नुपर्ने;
  1. Al Shamal
  2. Al Khor
  3. Al Daayen
  4. Umm Salal
  5. The Pearl
  6. Onaiza
  7. Souq Waqif
  8. Al Rayyan
  9. Umm Senaim
  10. Al Shahaniya
  11. Mesaimeer
  12. Al Wakra
  13. Dukhan

 

माथि उल्लेखित सेवा केन्द्रहरुमा निवेदन पेश गर्ने समय दिउँसो १ बजेदेखि ५ बजेसम्म।

यो घोषणाबाट कतार सरकारले जारी गरेको यो घोषणा ० अप्रिल २०२ (तदनुसार २०७९ बैशाख गते) सम्म लागू हुने भएकोले उल्लेखित अवधिमा यस अवसरको सदुपयोग गर्नुहुन सम्बन्धित सबै नेपालीलाई अनुरोध गरिन्छ।

 

२०७८ चैत ३०

नेपाली राजदूतावास

दोहा, कतार।