आवश्यकता !

प्रथम पटक प्रकाशित

२०७५/४/६

यस राजदूतावासको स्वीकृत स्थानीय दरबन्दी अन्तर्गत तपसिल बमोजिमको पद करारमा नियुक्ति गर्नु पर्ने भएकोले सो अनुसारका पदमा रही कार्य गर्न इच्छुक उम्मेदवारहरुले आ-आफ्नो बायोडाटा सहित प्रथम पटक यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र यस राजदूतावासमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

कतारमानै रही अन्यत्र काम गरी रहेका उम्मेदवारहरुको हकमा निज हाल कार्यरत कम्पनीबाट रिलिज पेपर समेत संलग्न गरी यस राजदूतावासमा स्वयं उपस्थित भई दरखास्त पेश गर्नुपर्नेछ । प्राप्त दरखास्त मध्येबाट सम्बन्धित पदका लागि योग्य व्यक्तिहरुलाई अन्तर्वार्ताका लागि खबर गरिने व्यहोरा समेत सूचित गरिन्छ ।

  1. पद/संख्याः ड्राइभर/मेसेन्जर – १
  2. योग्यताः अंग्रेजी र अरेबिक भाषाको ज्ञान भएको । कतारको Valid Driving Licence वाहक र  अनुभवीलाई विशेष ग्राह्यता दिईने ।

 

नेपाली राजदूतावास

दोहा, कतार