ई-पासपोर्टका लागि प्रि-इनरोलमेन्ट गर्ने तरिका र आवश्यक कागजातहरुबारे थप जानकारीसहित नयाँ सूचना

ई-पासपोर्टका लागि प्रि-इनरोलमेन्ट गर्ने तरिका र आवश्यक कागजातहरुबारे थप जानकारीसहित नयाँ सूचना
………………………….

मिति २०७८ माघ २३ गते (तदनुरुप ६ फेब्रुअरी २०२२) का दिन नेपाली राजदूतावास दोहाबाट विद्युतीय राहदानी (E-Passport) का लागि इनरोलमेन्ट प्रक्रिया शुरु गरिएको व्यहोरा सोही मितिमा राजदूतावासबाट जारी सूचनामा उल्लेख गरिएको छ । उक्त सूचनामा विद्युतीय राहदानी (e-Passport) का लागि प्रि-इनरोलमेन्टका प्रकियाहरुसमेत उल्लेख गरिएकोमा थप जानकारीसहित पुन: यो सूचना सम्बन्धित सबेको जानकारीका लागि जारी गरिएको छ ।

ई-पासपोर्ट आवेदन गर्नका लागि प्रि इनरोलमेन्ट गर्ने तरीका
१) राहदानी विभागको वेबसाइटमा उपलब्ध वा https://emrtds.nepalpassport.gov.np लिंकमा प्रवेश गरी देहायमध्ये एक आवेदनको प्रकार छान्ने ।
-पहिलो पटक राहदानी बनाउने (नेपाली बाबु आमाका कतारमा जन्मेका सन्तानको हकमा) वा हस्तलिखित राहदानीबाहकहरुले नयाँ (New)
-पुरानो MRP हुनेहरुले नवीकरण (Renewal)
-हालको राहदानी हराएको हकमा हराएको/चोरिएको (Lost/Stolen) तथा
-हालको राहदानी विभिन्न कारणले बिग्रेको हकमा बिग्रेको (Damaged)
-त्यसपछि Ordinary 34 pages अप्सनमा क्लिक गर्ने ।
२) त्यस पश्चात उपलब्ध हुने राहदानीको फाराममा भएका विभिन्न चार उपशीर्षकमा रहेका विवरणहरु भर्ने । कतारमा आवेदन गर्ने सेवाग्राहीका लागि राष्ट्रिय परिचयपत्र नं राख्नु नपर्ने ।
३) त्यस पश्चात आफ्नो नागरिकता प्रमाणपत्रको दुवै पेज, हालको राहदानीको फ्रन्ट र ब्याक पेज तथा अन्य सान्दर्भिक कागजात ( बुँदा नं. ६ बमोजिम ) छुट्टाछुट्टै स्कयान गरी अपलोड गर्ने ।
४) त्यस पश्चात Book Your Appointment मा प्रवेश गरेर Other अप्सन क्लिक गरी NE, Doha अप्सन छानेर आफूलाई उपयुक्त हुने वा उपलब्ध मध्ये अघिल्लो मिति र समय बुकिंग गर्ने ।बुंकिग गरेको मितिमा विहान ९ बजे देखि अपरान्ह १ बजेसम्म राजदूतावासमा आउद्न सकिने ।
५) तत्पश्चात फाराम submit गर्ने र त्यसपछि प्राप्त हुने बारकोडसहितको फाराम डाउनलोड गरी प्रिन्ट गर्ने । राजदूतावासमा आवेदनका लागि आउँदा यो फाराम लिएर आउनुपर्नेछ ।
६) प्रि इनरोलमेन्ट गर्दा अपलोड गर्नुपर्ने कागजातहरु:
-नागरिकता प्रमाणपत्रको पहिलो र दोश्रो पेज छुट्टाछुट्टै । संभव भएसम्म कलर कपि ।
-हालको राहदानीको फ्रन्ट पेज (फोटो तथा व्यक्तिगत विवरण भएको पेज) र ब्याक पेज (पेज ३० र ३१) छुट्टाछुट्टै कलर कपि।
हालको राहदानी हराएको हकमा कतार प्रहरीबाट जारी गरिएको राहदानी हराएको प्रहरी प्रतिवेदन ।
-बुबा आमाको नागरिकताको प्रमाणपत्र ।
-बुबा आमाको नागरिकताको प्रमाणपत्र ।
-बुबा आमाको विवाह दर्ताको प्रमाणपत्र ।
-कतारमा जन्मेको बालबालिकाको हकमा पहिलो पटक ई-पासपोर्टका लागि आवेदन गर्दा यहाँबाट जारी जन्मदर्ताको कतारको परराष्ट्र मन्त्रालयबाट प्रमाणित गरी यसै राजदूतावासको कन्सुलर शाखाबाट प्रमाणित गरेको प्रति तर यस प्रक्रियाबाट एकपटक राहदानी लिईसकेकाहरुको हकमा राहदानी नविकरणका लागि आवेदन गर्दा सम्न्धित जिल्ला प्रशासन कार्यालयबाट जारी गरेको नाबालक परियचपत्र अनिवार्यरुपमा पेश गर्नु पर्नेछ ।
-नेपालमा जन्मेको बालबालिकाको हकमा नाबालक परिचयपत्र ।
-हाललाई राहदानीको बहाल अवधि ६ महिना रहेकाहरुले ई-पासपोर्ट आवेदन गर्न सक्ने ।
राहदानी हराएका वा म्याद सकिएर जरुरी अवस्थामा नेपाल जानेहरुको हकमा यात्रा अनुमति पत्र जारी गरिने छ ।
ई-पासपोर्टका बारेमा थप जानकारी आवश्यक परेमा राहदानी बिभागको वेबसाईट https://nepalpassport.gov.np र यस राजदूतावासको वेव साईट र फेसबुक पेजमा राखिने सूचनाहरु हेर्दै गर्नुहोला ।
उल्लेखित कागजातका प्रतिहरु लाईभ इनरोलमेन्ट गर्न आउँदा साथमा लिएर राजदूतावास आउनुपर्ने ।
नागरिकताको अपलोड गरिएका प्रतिहरू कतिपय नबुझिने देखिएकोले संभव भएमा र सक्कल साथमा भए सक्कल र नभएमा कलर फोटोकपि वा बुझिने फोटोकपि लिएर आउँनु होला ।
e-Passport को आवेदनका लागि Pre-enrollment फाराम भरिसकेपछि राजदूतावासमा Live-enrollment का लागि आँउदा तोकिएको मितिमा मात्र आउनुहुन अनुरोध छ ।
राहदानी शुल्क यथावत रहेको ।
————-
२०७८/११/०९
२१ फेब्रुवरी २०२२
नेपाली राजदूतावास, दोहा ।
Reach more people wit