कतारमा रहनुभएका नेपाली नागरिकहरुको तथ्याङ्क संकलन सम्बन्धी सूचना

विश्वव्यापीरूपमा फैलिएको COVID-19 को महामारीको प्रकोपबाट उत्पन्न असहज परिस्थितिले विभिन्न पेशा, व्यवसायमा आवद्ध रही विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले कुनै न कुनै रूपमा प्रभावित भई असहज अवस्थाको सामना गरिरहनु भएको व्यहोरा सबैमा विदितै छ । यसै सन्दर्भमा कतारमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई पनि यस विषम परिस्थितिले पर्न गएको समस्याहरुको एकीकृत अभिलेखिकरण गरी समस्या समाधानार्थ सहजिकरण गर्ने प्रयास स्वरूप नेपाली राजदूतावास, दोहाले यसैसाथ संलग्नबमोजिमको Registration Form for Nepali Nationals in the State of Qatar तयार गरी यहाँहरुसमक्ष प्रस्तुत गरेको छ ।

तसर्थ उक्त फाराममा कतारमा यथाशक्य प्रष्ट तथा बिस्तृत बिवरण उपलब्ध गराई सहयोग गर्नुहुन कतारमा रहेका सबै नेपालीहरुमा नेपाली राजदूतावास हार्दिक अपिल गर्दछ । यसका लागि दिईएको लिंक खोली आफ्ना बिवरणहरू भरीसके पछि सोही फारामको अन्तिममा रहेको Submit बटनमा थिच्नु पर्नेछ ।

तपाईले उपलव्ध गराउनु भएका सूचनाहरू गोप्य रहनेछन् ।

नोट: माथि उल्लेख भएबमोजिमको फाराम भर्न कुनै कारणले असहज भएमा राजदूतावासको फेसबुक पेजको ईनबक्समा गई म्यासेज पठाउनु हुन वा राजदूतावासको फोन नम्बरमा सम्पर्क गरी बिवरण टिपाउनसमेत सकिनेछ ।

२०७७/०१/११
नेपाली राजदुतावास
दोहा, कतार
फोन नम्बरहरु:44675681/83
ईमेल:eondoha@mofa.gov.np
nembdoha@gmail.com