कतारमा १ जुन- १५ सेप्टेम्बर सम्म १०-३:३० बजे खुला क्षेत्रमा काम गर्न नपाइने

कामदारहरुलाई अधिक तापक्रमजन्य समस्या आउन नदिन कतारको श्रम मन्त्रालयको निर्णयानुसार १ जुन देखि १५ सेप्टेम्बर सम्म बिहान १०:०० बजेदेखि अपरान्ह ३:३० बजेसम्म खुला क्षेत्रमा काम गर्न गराउन प्रतिबन्ध लगाइएको सबैमा विदितै छ।
उल्लेखित निर्णयको उल्लंघन भएको अवस्थामा कतारको श्रम मन्त्रालयमा उजुरी दिन सकिने प्रावधान समेत सोही निर्णयमा उल्लेख रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।
२०७९ जेठ १८
नेपाली राजदूतावास
दोहा, कतार।