कतारस्थित नेपाली समुदायमा राजदूतावासको अनुरोध

कतारस्थित नेपाली समुदायमा राजदूतावासको अनुरोध

विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ को संक्रमण कतार लगायत विभिन्न मुलुकहरुमा घट्दोक्रममा रहेता पनि पूर्णरुपमा न्यूनीकरण नभएको अवस्था छ । कोभिड-१९ को संक्रमणलाई न्यूनीकरण गर्न कतार सरकारले चालेका सुरक्षा र सतर्कताका उपायहरु कतारमा रहनुभएका नेपाल समुदायबाट यथाशक्य पालना भएकै छ ।

हालसालै कतारका छिमेकी मुलुकहरुमा कोभिड संक्रमण बढीरहेको समाचारहरु प्राप्त भइरहेका छन् । केही युरोपेली मुलुकहरुमा समेत कोभिड-१९ का नयाँ प्रकारका (Variant) संक्रमणहरु देखापरेका सूचना समेत प्राप्त भइरहेका छन् । यस सन्दर्भमा कतारमा रहनु भएका सम्पूर्ण नेपालीहरुले कतार सरकारद्वारा अवलम्बन गरिएका निरोधात्मक उपायहरु (जस्तै तोकिएको संख्याभन्दा बढी हुने गरी अनावश्यक भिडभाड नगर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, बेला बेलामा साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने) पूर्णरुपमा पालना गर्नुहुन पुनः नेपाली राजदूतावास हार्दिक अपिल गर्दछ ।

त्यसैगरी, विभिन्न अवसरमा पर्व उत्सवहरु मनाँउदा समेत स्थानीय नियम कानून तथा संस्कृति अनुरुप  मर्यादित तवरले तथा भिडभाड नगरी मनाउन हुन समेत सबैमा हार्दिक अनुरोध
छ ।

 

नेपाली राजदूतावास, दोहा

२०७७/९/१३