काेभिड १९ काे परीक्षण गर्ने सम्बन्धमा

कोभिड-१९ परीक्षण सम्बन्धमा कतारको जनस्वास्थ्य मन्त्रालयले देहायबमाेजिम सूचना गरेकाे हुॅंदा संक्रमणकाे लक्षण देखिएकाे आशंका भएका नेपाली नागरिकहरूले साे व्यवस्थाकाे उपयोग गर्न सकिने व्यहाेरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

कोभिड-१९ सङ्क्रमणको लक्षण देखिएका जो कोहीले हटलाईन १६००० मा सम्पर्क गर्नुहाेस वा कोभिड-१९ परीक्षणको लागि तोकिएका स्वास्थ्यकेन्द्रहरुमा सोझै जानुहाेस। कोभिड-१९ को सङ्क्रमण जति चाॅंडाे पहिचान भयो, सही उपचार पाउन र निको हुन त्यति नै सहज हुने भएकाले यो कुरा महत्वपूर्ण छ।
कोभिड-१९ परीक्षणका लागि तोकिएका स्वास्थ्य केन्द्रहरु:
१. मुआइथर स्वास्थ्य केन्द्र
(Muaither Health Centre)
२. रावदत अल खालिल स्वास्थ्य केन्द्र
(Rawdat Al Khalil Health Centre)
३. अम सलाल स्वास्थ्य केन्द्र
(Um Slal Health Centre)

४. अल घराफा स्वास्थ्य केन्द्र
(Al Gharafa Health Centre)
—————-
१८ मे २०२०
नेपाली राजदूतावास
दोहा, कतार ।

https://www.hamad.qa/EN/news/2020/May/Pages/HMC-Using-State-of-the-Art-Treatment-Options-for-Patients-with-COVID-19.aspx