दूतावास बन्द रहने सूचना ।

आज मिति २०७५ फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परी मा. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्रप्रसाद अधिकारीज्यू र सो हेलिकोप्टरमा सवार सवैको निधन भएको दु:खद घडीमा नेपाल सरकारले भोली मिति २०७५ फागुन १६ गते विहिबारका दिनलाई राष्ट्रिय शोकको दिन घोषणा गरेको हुँदा भोली मिति २०७५ फागुन १६ गते तदअनुसार २०१९ फेब्रुअरी २८ तारिखका दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि अनुरोध छ ।