दोहाबाट आज थप १६१ नेपाली स्वदेश फर्कनु भयो

कतारस्थित कारागारहरूमा विभिन्न अभियाेगमा सजाय भुक्तान गर्ने क्रममा आम माफी पाउनुभएका र कतारका विविध क़ानून उल्लंघनको कसुरमा नेपाल फिर्ताको प्रकियामा रही कतारको डिटेन्सन सेन्टरमा रहनुभएका १६१ जना नेपालीहरु नेपाली राजदूतावासको समन्वयमा कतार एअरवेजको QR 3346 को उडानबाट आज नेपाल फर्कनु भएको छ ।

उहाँहरूको स्वदेश फिर्ताको लागि कतार सरकार र नेपालका विभिन्न निकायहरुसँग राजदूतावासले आवश्यक समन्वय र सहजिकरण गरेको थियो । यस अघि १९ जुन २०२० मा यस्तै प्रकिया अन्तर्गत ४३ जना नेपाली नागरिकहरू स्वदेश फर्किसक्नु भएको छ ।

उक्त उडानबाट आज नेपाल प्रस्थान गर्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको यात्रा सहजिकरणका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरू उपस्थिति रहेको थियो।

—————-

नेपाली राजदूतावास

दोहा, कतार ।

२०७७।३।२४ ( ८ जुलाई २०२०)