दोहाबाट पहिलो चरणको तेस्राे उडानबाट आज १५८ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासले आव्हान गरेबमेजिम नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गतको तेस्राे उडानबाट आज मिति २०७७।३।११ गते तदअनुसार २५ जुन २०२० मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको HIM ५६३२ को उडानबाट देहायका १५८ जना नेपालीहरू नेपाल फर्किनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छः
क) ३ जना गर्भवती/सुत्केरी सहित १० जना महिला
ख) २ जना नाबालक
ग) १४६ जना पुरुष
उहाँहरूलाई दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्न राजदूतावासका अधिकारीहरुको उपस्थिति रहेको थियो ।
——————
नेपाली राजदूतावास
दोहा, कतार
२०७७।३।११