दोहाबाट पहिलो चरणको पाँचौ उडानबाट आज २६२ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासकाे नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नाे विवरण उपलब्ध गराउनु भएबमाेजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गत आज मिति २०७७।३।१५( गते तदअनुसार ३० जुन २०२० मा दोहाबाट काठमाण्डौका लागि नेपाल वायुसेवाको RA २३९२ को उडानबाट देहायका २६२ जना नेपालीहरू नेपाल फर्किनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छः
क) २२ जना महिला
ख) २४२ जना पुरुष
साथै, दोहामा कोविड-१९ कै समयमा बिभिन्न कारणले मृत्यु हुनु भएका १० जना नेपालीको शव पनि सोही उडानबाट नेपाल पठाईएको छ ।
आज नेपाल प्रस्थान गर्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको यात्रा सहजिकरणका तथा बिदाईका लागि दाेहाकाे हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरूले उपस्थिति रहेको थियो।
—————-
नेपाली राजदूतावास
दोहा, कतार ।
२०७७।३।१५