दोहाबाट भएको एघारौ उडानबाट आज १४८ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।३।२४ (गते तदअनुसार ८ जुलाई २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट १४८ (३ जना महिला सहित) जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

साथै, यसै बीच कतारमा मृत्यु भएका २ जना नेपाली नागरिकको शव पनि सोही उडानबाट नेपाल पठाईएको छ ।

आज नेपाल प्रस्थान गर्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको यात्रा सहजिकरणका तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरू तथा नेपाली समुदायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।
—————-
नेपाली राजदूतावास
दोहा, कतार ।
२०७७।३।२४ ( ८ जुलाई २०२०)