दोहाबाट भएको ३० औं उडानबाट आज २६३ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुलेराजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनुभएबमोजिम नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।४।३० (गतेतदअनुसार १४ अगष्ट २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको NA 2392 कोउडानबाट २६३ जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको लागि अनुरोध

आज नेपाल प्रस्थान गर्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको यात्रा सहजिकरणका तथाबिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरू तथानेपाली समुदायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।

—————-
२०७७।४।३०( १४अगष्ट २०२०)
नेपाली
राजदूतावास
दोहा, कतार ।