दोहाबाट भएको ३१औं र ३२ औ उडानबाट आज २९७ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।५।१६(गते तदअनुसार १ सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको उडान नं. NA 2392 तथा हिमालय एयरलाइन्सको उडान नं. H95632 बाट गरी जम्मा २९७ जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

आज दोहाबाट काठमाण्डौ उडेका दूवै उडानमा समावेश हुनुभएका सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले कोभिड -१९ परीक्षण गरी PCR Test Negative भएको प्रमाणपत्रसहित यात्रा गर्नु भएको छ ।

दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँहरूको यात्रा सहजिकरण, समन्वय तथा बिदाईका लागि राजदूतावासका एक अधिकारी तथा नेपाली समुदायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।
—————-
नेपाली राजदूतावास
दोहा, कतार ।
२०७७।५।१६( १ सेप्टेम्बर २०२०)