दोहाबाट भएको ३४औं उडानबाट आज १४१ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।५।२२ गते तदअनुसार ७ सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको H95632 को उडानबाट जम्मा १४१ जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
आज नेपाल प्रस्थान गर्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको यात्राको समन्वय, सहजिकरण तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासको तर्फबाट डिउटीमा अफिसरकाे उपस्थिति रहेको थियो।
—————-
नेपाली राजदूतावास
दोहा, कतार ।
२०७७।५।२२( ७ सेप्टेम्बर २०२०)