दोहाबाट भएको ४६ औं उडानबाट आज १४७ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।६।१० (गते तदअनुसार २६ सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट ३ महिलासहित जम्मा १४७ जना नेपालीहरू नेपाल फर्कनु भएको छ ।
दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँहरूको यात्रा सहजिकरण, समन्वयका तथा बिदाईका लागि राजदूतावास तथा एन आर एन लगायत नेपाली डायसपोरा कम्यूनिटीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
—————-
नेपाली राजदूतावास
दोहा, कतार ।
२०७७।६।१० ( २६ सेप्टेम्बर २०२०)