नयाँ वर्ष २०७८ को शुभकामना तथा उक्त दिन कार्यालय बन्द हुनेबारे सूचना

नेपाली नयाँ वर्ष २०७८ को सु-अवसरमा कतारमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा मेरो तथा नेपाली राजदूतावास परिवार दोहाको तर्फबाट सुख, शान्ति, सुस्वास्थ्य तथा समृध्दिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

साथै, यस अवसरमा  कतारमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा हाल बढिरहेको कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि कतार सरकारले ७ अप्रिल २०२१ मा घोषणा गरेको सुरक्षा तथा स्वास्थ्य प्रोटोकललाई सम्पूर्ण रुपमा पालन गर्न र गराउन समेत अनुरोध गर्दछु ।

नयाँ वर्षको अवसरमा २०७८ साल  वैशाख १ गते बुधबार तदनुसार १४ अप्रिल २०२१ का दिन कार्यालय बन्द रहने र २०७८ साल वैशाख २ गते बिहिबार तदनुसार १५ अप्रिल २०२१ का दिन राजदूतावास पूर्ववतरुपमा खुला रहने छ।

 

डा. नारदनाथ भारद्वाज
राजदूत
तथा
राजदूतावास परिवार
दोहा, कतार ।
२०७७।१२।३०

 

Notice !
——————
This is to inform all the concerned that the Embassy will remain closed on Wednesday, 14 April 2021 on the occasion of Nepali New Year 2078.
The Embassy will resume its work as usual from Thursday, 15 April 2021.
—————————-
Embassy of Nepal
Doha, Qatar
12 April 2021