नेपालबाट कतार प्रवेश गर्दा पालना गर्नुपर्ने अद्यावधिक मापदण्ड सम्बन्धी सूचना

कतार सरकारले मिति २८ फेब्रुअरी २०२२ (तदनुसार २०७८ फागुन १६) साँझ ७ बजे (Arrival Time) देखि लागू हुने गरी कतार प्रवेश गर्ने यात्रुहरुका लागि अद्यावधिक मापदण्ड जारी गरेको छ। सो अनुरुप नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलङ्का लगायतका Red Health Measures लागू हुने देशबाट कतार यात्रा गर्ने यात्रुहरुले देहायबमोजिमको प्रावधान पालना गर्नुपर्ने जनाइएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

१. PCR परीक्षण र  क्वारेन्टाइन सम्बन्धी

> मान्यताप्राप्त खोपको पूरा मात्रा लगाएका/ कोभिड-१९ संक्रमण भई निको भएका (Fully Vaccinated/Recovered) कतारका बासिन्दा (Residents) को हकमा

  • यात्रा पूर्व कोभिड-१९ PCR परिक्षण गर्नु नपर्ने,
  • कतार प्रवेश गर्दा क्वारेन्टाइन बस्नु नपर्ने,
  • कतार प्रवेश गरेको २४ घण्टाभित्र Rapid Antigen Test गर्नपर्ने।

> मान्यताप्राप्त खोपको पूरा मात्रा नलगाएका कतारका बासिन्दा (Residents) को हकमा

  • कतार प्रस्थान गर्ने समयको ४८ घण्टाभित्रको PCR परीक्षणको Negative रिपोर्ट साथमा हुनुपर्ने,
  • ५ दिन होटेल क्वारेन्टाइन बस्नुपर्ने,
  • होटल क्वारेन्टाइनको पाचौँ दिनमा Rapid Antigen Test गर्नुपर्ने।

> मान्यताप्राप्त खोपको पूरा मात्रा लगाएका/ कोभिड-१९ संक्रमण भई निको भएका (Fully Vaccinated/Recovered) यात्रुहरुको हकमा

  • कतार प्रस्थान गर्ने समयको ४८ घण्टाभित्रको PCR परीक्षणको Negative रिपोर्ट साथमा हुनुपर्ने,
  • १ दिन होटेल क्वारेन्टाइन बस्नुपर्ने,
  • होटल क्वारेन्टाइनको पहिलो दिनमा Rapid Antigen Test गर्नुपर्ने।

> खोप नलगाएका १२ वर्ष मुनिका बालबालिकाको हकमा साथमा यात्रा गर्ने अभिभावककै मापदण्ड लागू हुने।

> मान्यताप्राप्त खोपको पूरा मात्रा नगरेका भ्रमणका लागि आउने यात्रुहरुको हकमा प्रवेश अनुमति नदिइने।

२.कोभिड-१९ विरुद्धको मान्यताप्राप्त खोपसम्बन्धी

> कतारको जनस्वास्थ्य मन्त्रालयबाट मान्यताप्राप्त खोपहरु;

स्वीकृत खोप सशर्त स्वीकृत खोप*
– Pfizer/ BioNTech (Comirnaty) – Sinopharm
– Moderna (SpikeVax) – Sinovac
– AstraZeneca (Covishield/ Oxford/ Vaxzevria) – Sputnik V
– Jansen/ Johnson & Johnson (only one dose) – Covaxin

 

> कतारबाहिर खोप लगाएका यात्रुहरुले खोप लगाएको सक्कल प्रमाणपत्र (अरेबिक वा अंग्रेजी भाषामा) पेश गर्नुपर्ने।

> मान्यताप्राप्त खोपको पूरा मात्रा लगाएका (Fully Vaccinated) भन्नाले

  • Pfizer, Moderna, Astra Zeneca खोपको दोश्रो मात्रा वा बुस्टर डोज लगाएको १४ दिनपश्चात् ९ महिना अवधिसम्मलाई बुझाउने। Jansen/ Johnson & Johnson को हकमा पहिलो मात्रा लगाएको १४ दिनपश्चात् र बुस्टर डोज लगाएको ७ दिनपश्चात् ९ महिना अवधिसम्मलाई बुझाउने।
  • सशर्त स्वीकृत खोपको दोश्रो मात्रा वा बुस्टर डोज लगाएको १४ दिनपश्चात् ६ महिना अवधिसम्मलाई बुझाउने। तर यस्ता खोप लगाएका यात्रुले यात्रा समयअघि बढीमा ३० दिनभित्रको Positive Serology Antibody Test भएको ल्याव रिपोर्ट पेश गर्नुपर्ने।Serology Antibody Test नगरेमा वा रिपोर्ट Negative देखिएमा कतार प्रवेश गर्दा ५ दिन क्वारेन्टाइन बस्नुपर्ने। सशर्त स्वीकृत खोप लगाएपश्चात् स्वीकृत खोपको बुस्टर डोज लगाएमा भने ७ दिनपश्चात् ९ महिना अवधीसम्म Fully Vaccinated/ Immune मानिने।

> कोभिड-१९ संक्रमण भई निको भएका (Recovered) भन्नाले कोभिड-१९ संक्रमण भएको प्रमाणित भएको समयबाट ९ महिना अवधिसम्मलाई बुझाउने।

३ .EHTERAZ सम्बन्धी

> कतारका बासिन्दाबाहेक अन्य यात्रुले कतार प्रवेश गर्नुपहिले ehteraz.gov.qa वेभसाइटमा अनिवार्य रुपमा Register गरी खोप प्रमाणपत्र, पहिले कोभिड-१९ संक्रमण भएको भए सोको प्रमाण, सशर्त स्वीकृत खोप लगाएको भए Serology Antibody Test Result लगायत सान्दर्भिक कागजात अपलोड गर्नुपर्ने।कतारका बासिन्दाको लागि यो प्रावधान अनिवार्य नभएपनि Register गर्न सिफारिस गरिएको।

> कतार यात्रा गर्ने सम्पूर्ण यात्रुहरुले आफ्नो मोबाइलमा EHTERAZ App डाउनलोड गरी सूचारु गर्नुपर्ने।

४.विविध

> कतार यात्रा गर्ने सम्पूर्ण यात्रुहरुले moph.gov.qa वा www.ehteraz.gov.qa मा उपलब्ध हुने Acknowledgement Form अनिवार्य रुपमा भरेर सहि गर्नुपर्ने।

> होटल क्वारेन्टाइनमा बस्नुपर्ने यात्रुहरुले https://www.discoverqatar.qa/welcome-home/ मार्फत् Welcome-Home quarantine package बुक गर्नुपर्ने।

> कतारमा कोभिड-१९ परिक्षण शुल्क;

परीक्षणको प्रकार प्रति परीक्षण शुल्क
PCR Test QR 160
Rapid Antigen QR 50
Serology Antibody Test QR 50

उल्लेखित मापदण्डबारे विस्तृत जानकारी कतारको जनस्वास्थ्य मन्त्रालयको वेवसाइटको निम्न लिंकबाट प्राप्त गर्न सकिनेछ;

https://covid19.moph.gov.qa/EN/travel-and-return-policy/Pages/default.aspx

मापदण्डका विषयमा थप जानकारी आवश्यक भएमा सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्नुहोला।

 

२०७८/ ११/ १३

नेपाली राजदूतावास

दोहा, कतार।