नेपालबाट कतार प्रवेश गर्दा पालना गर्नुपर्ने अद्यावधिक मापदण्ड सम्बन्धी सूचना

कोभिड १९ को स्वास्थ्य तथा सुरक्षा प्रोटोकललाई थप सहज बनाउ‍ँदै कतार सरकारले ४ सेप्टेम्बर २०२२ को बेलुका ६ बजेदेखि लागू हुने गरी कतार प्रवेश गर्ने यात्रुहरुका लागि अद्यावधिक मापदण्ड जारी गरेकोले कतार यात्रा गर्ने यात्रुहरुले देहायबमोजिमको प्रावधान पालना गर्नुपर्ने जनाइएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

१. PCR परीक्षण र Rapid Antigen Test गर्नपर्ने: कतार आवासीय अनुमतिपत्र (QID) वाहक बाहेकका यात्रुहरुले कतार प्रवेश गर्दा ४८ घण्टा भित्रको PCR परीक्षण वा २४ घण्टा भित्रको Rapid Antigen Test गरी कोभिड-१९ नभएको प्रमाणपत्र पेश गर्नुपर्ने ।

२. कतारका बासिन्दाबाहेक अन्य यात्रुले कतार प्रवेश गर्नुपहिले www.ehteraz.gov.qa वेभसाइटमा अनिवार्य रुपमा Register गरी कोभिड-१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लगायतका सान्दर्भिक कागजात अपलोड गर्नुपर्ने। त्यसैगरी आफ्नो फोनमा EHTERAJ एप्लिकेशन डाउनलोड गरी प्रयोगमा ल्याउनुपर्ने ।

३. कतार प्रवेश गरेपछि क्वारेन्टाइन बस्नु नपर्ने।

विस्तृत जानकारीका लागि कतारको स्वास्थ्य मन्त्रालयको लिंक https://covid19.moph.gov.qa/EN/travel-and-return-policy/Pages/default.aspx मा गई हेर्न सकिनेछ।

२०७९/०५/१६
नेपाली राजदूतावास
दोहा, कतार।