नेपाली राजदूतावासद्वारा जारी सूचना

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि नेपाल एअर लाईन्सका थप उडानहरु १, ३ र ४ अगष्ट २०२० तथा हिमालय एयरलाइन्सको थप उडानहरु ३१ जुलाई, ३ अगष्ट र ५ अगष्ट २०२० का लागि तय भएको जानकारी प्राप्त भएको छ । तसर्थ, उक्त एअरलाईन्सका लागि राजदूतावासले यस अघिको उडानका लागि प्रकाशित गरेको प्राथमिकता सूचिमा नाम भएका तर विभिन्न कारणले टिकट काट्न छुटेको व्यक्तिहरुले सोही एयरलाइन्सको देहायका ट्राभल एजेन्सीमा समयमै टिकट काट्न जानु हुन अनुरोध छ । यी उडानका लागि पनि हवाई टिकट उपलव्ध हुन नसकेमा आगामी उडानहरुमा टिकट काटन सकिने छ ।
नेपाल एयरलाइन्सको लागि
Fahd Travels, Jaida Towers (Sales & Reservation)
Abdul Hafeez
Mob +974 70665648 Kashi Dhamala, Mob +97466675150
Tel +974 44318080 Fax +974 44214744 Email: doh.sales@nac.com.np,
हिमालय एयरलाइन्सको लागि
Cleopatra Travels, Doha,
(D-Ring Road, Building No 51, Area No 45,
Area : Old Airport Road in between Lulu & FFC)
Roshan Thakur: Tel+974 44435333 Roshanthakur75@gmail.com, Roshan@cleopatraholidays.com
यस अघि छुट्नु भएका व्यक्तिहरुले टिकट काटिसके पछि मात्र आवश्यक परेमा अथवा नयाँ उडान तालिका प्राप्त भए पछि मात्र नयाँ प्राथमिकता सूची प्रकाशित गरिनेछ । तसर्थ नयाँ प्राथमिकता सूचिका लागि धैर्यतापूर्वक प्रतीक्षा गर्नुहुन अनुरोध छ ।
हवाई भाडा पूर्व सूचनामा उल्लेख भएबमोजिम अमेरिकी डलर ३९२।- (कतारी रियाल १,४३०।-) रहेको छ ।
विमानस्थलमा ज्वरो मापन गरिने साथै “Ehteraz मोबाइल एप” मा हरियो रंग भएका व्यक्तिले मात्र विमानस्थलमा प्रवेश गर्न पाउने हुनाले अनिवार्य रुपमा उक्त एप संचालनमा ल्याउनु हुन अनुरोध छ ।
यसै बीच सुत्केरी तथा गर्भवती महिला र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरु केही विमानस्थलमा पुगे पछि FIT TO FLY CERTIFICATE नभएको कारणले उडान गर्न असमर्थ हुनु भएको जानकारी हुन आएको हुँदा यस्तो अवस्थाका यात्रुहरुले आफुलाई स्वास्थ्य परीक्षण गर्ने चिकित्सक वा स्वास्थ्य संस्थाबाट FIT TO FLY CERTIFICATE अनिवार्य साथमा लिएर मात्र विमानस्थल जानुहुन सम्बन्धित सबैमा अनुरोध छ ।
साथै, हवाई उडानका लागि हवाईटिकट लिई सकेका यात्रुहरुले व्यक्तिगत विवरण फारम अनिवार्य online भरी सो को बारकोडको प्रिन्टेड कपी पनि साथमा लिएर मात्र यात्रा गर्नुहुन अनुरोध छ। सो फाराम COVID-19 Crisis Management Center (CCMC) को website https://ccmc.gov.np/ अथवा https://ccmc.gov.np/doc_upload/nepal_return_form.pdf लिङ्क मा पनि उपलव्ध छ ।
……………………...
नेपाली राजदूतावास, दोहा ।
२७ जुलाई २०२०