नेपाली राजदूतावासबाट प्रयोगमा ल्याइएको नयाँ WhatsApp नम्बर सम्बन्धी सूचना ( WhatsApp नम्बर +974 33560117 केवल Text वा Voice Message को लागि मात्र)

COVID-19 को कारणले उत्पन्न असहज परिस्थितिमा आफूले भोग्नु परेका विविध समस्याहरुको समाधान र सुनुवाईका निम्ति वा राजदूतावासबाट लिनुपर्ने सेवाहरुका लागि राजदूतावासको नियमित टेलिफोन नम्बरहरु, सेवासँग सम्बन्धित राजदूतावासका पदाधिकारी/अधिकृतहरुको मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने व्यहाेरा सबैमा अवगत नै छ । राजदूतावासले Facebook Messenger बाट समेत प्राप्त समस्याहरुको अभिलेखिकरण गरी समाधानका लागि प्रयासरत छ । नेपाली राजदूतावासबाट प्रयोगमा ल्याइएको नयाँ WhatsApp नम्बर सम्बन्धी सूचना
( WhatsApp नम्बर +974 33560117 केवल Text वा Voice Message को लागि मात्र) COVID-19 को कारणले उत्पन्न असहज परिस्थितिमा आफूले भोग्नु परेका विविध समस्याहरुको समाधान र सुनुवाईका निम्ति वा राजदूतावासबाट लिनुपर्ने सेवाहरुका लागि राजदूतावासको नियमित टेलिफोन नम्बरहरु, सेवासँग सम्बन्धित राजदूतावासका पदाधिकारी/अधिकृतहरुको मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने व्यहाेरा सबैमा अवगत नै छ । राजदूतावासले Facebook Messenger बाट समेत प्राप्त समस्याहरुको अभिलेखिकरण गरी समाधानका लागि प्रयासरत छ ।

यसै सिलसिलामा कतारमा WhatsAPP को प्रयोग अत्याधिक हुने बुझिएकोले तपाईहरूको सहजताको लागि राजदूतावासकाे WhatsAPP नम्बर प्रयोगमा ल्याइएको छ । तसर्थ राजदूतावासको उक्त WhatsAPP नम्बर +974 33560117 मा आफ्ना समस्या, जिज्ञासा तथा गुनासा तथा सुझावहरू Text वा Voice Message काे माध्यमबाट प्रेषण गर्न सकिने व्यहाेरा सम्बन्धित सबैमा अनुरोध छ।
——–
नेपाली राजदूतावास
दोहा
२०७७।१।१५