नेपाली राजदूतावास, दोहा, कतारको जरुरी सूचना

१. कतारमा रोजगारीका लागी इच्छुक नेपाली नागरिकहरुलाई अनावश्यक प्रलोभन देखाई आजाद भिसामा काम लगाइदिने र राम्रो कमाइ हुने भनि केही विचौलियाहरुले नेपालबाट कतार ल्याई अलपत्र पारेका विषयमा राजदूतावासमा उजुरी आउनेक्रम वढी रहेको छ । कतारमा आजाद भिसा नहुने र यसरी आजादका नाममा आउने विषयमा नेपाल सरकारको  वैदेशिक रोजगार विभागवाट सम्पूर्ण जानकारी लिएर मात्र कतार आउन सम्वन्धित सवैमा यो जानकारी गराउन चाहन्छौ ।

२. कतारमा आइ सकेपछि आफुले काम गरेको कम्पनीका व्यक्तिले कुनै आश्वासन देखाई खाली कागज वा अन्य नवुझिने गरी लेखिएको कुनै पनि कागजातमा सही छाप गराई पछि सोही कागजात अदालतमा पेश गरी आफुले पाउने सुविधावाट वन्चित गराउने र कतिपय अवस्थामा प्रहरी र अदालतमा पेश गरी थुनामा जानुपर्ने अवस्था सृजना गराउने अवस्था रहेको हुँदा कुनै पनि खाली कागज वा आफुले नवुझिने भाषामा लेखिएको कुनै कागजमा सहीछाप नगर्नु हुन समेत सम्वन्धित सवैमा जानकारी गराउन चाहन्छौ ।

३.  आफु कार्यरत रहेको कम्पनीले दुइ महीना सम्मको तलव र अन्य सुविधा विभिन्न आश्वासन देखाई नदिएको अवस्थामा ढिलो नगरी कतारको श्रम कार्यालयमा र राजदूतावासमा खवर /  निवेदन दिनु पर्छ । किनकी कतारको श्रम कानूनले २ महिना भन्दा वढिको वाँकी तलव र अन्य सुविधाको जिम्मेवार हुन नपर्ने सुविधा दिएकोछ

नेपाली राजदूतावास, दोहा

कतार

२०७५/१/२५