नेपाल एयरलाइन्सको १४ अगष्ट २०२० मा हुने दोहा-काठमाण्डौं उडानबारे जरुरी सुचना

कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि नेपाल एयरलाइन्सको थप एक उडान १४ अगष्ट २०२० का लागि तय भएको जानकारी प्राप्त भएको छ । अत: राजदूतावासले यस अघि उक्त एयरलाइन्सको उडानका लागि प्रकाशित गरेको प्राथमिकता सूचिमा नाम भएका तर विभिन्न कारणले टिकट काट्न छुटेकf व्यक्तिहरुले टिकटका लागि सोही एयरलाइन्सको देहायको ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहुन अनुरोध छ :
Fahd Travels, Jaida Towers (Sales & Reservation)
Abdul Hafeez, Mob +974 70665648, Kashi Dhamala, Mob +97466675150
Tel +974 44318080 Fax +974 44214744 Email: doh.sales@nac.com.np
 
हवाई भाडा पूर्व सूचनामा उल्लेख भएबमोजिम अमेरिकी डलर ३९२।- (कतारी रियाल १,४३०।-) रहेको छ ।
 
विमानस्थलमा ज्वरो मापन गरिने साथै “Ehteraz मोबाइल एप” मा हरियो रंग भएका व्यक्तिले मात्र विमानस्थलमा प्रवेश गर्न पाउने हुनाले अनिवार्य रुपमा उक्त एप संचालनमा ल्याउनु हुन अनुरोध छ ।
 
यसै बीच सुत्केरी तथा गर्भवती महिला र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरु केही विमानस्थलमा पुगे पछि FIT TO FLY CERTIFICATE नभएको कारणले उडान गर्न असमर्थ हुनु भएको जानकारी हुन आएको हुँदा यस्तो अवस्थाका यात्रुहरुले आफुलाई स्वास्थ्य परीक्षण गर्ने चिकित्सक वा स्वास्थ्य संस्थाबाट FIT TO FLY CERTIFICATE अनिवार्य साथमा लिएर मात्र विमानस्थल जानुहुन सम्बन्धित सबैमा अनुरोध छ ।
 
पुनश्च: हवाई उडानका लागि हवाईटिकट लिई सकेका यात्रुहरुले व्यक्तिगत विवरण फारम अनिवार्य online भरी सो को बारकोडको प्रिन्टेड कपी पनि साथमा लिएर मात्र यात्रा गर्नुहुन अनुरोध छ। सो फाराम COVID-19 Crisis Management Center (CCMC) को website https://ccmc.gov.np अथवा https://ccmc.gov.np/doc_upload/nepal_return_form.pdf लिङ्क मा पनि उपलव्ध छ ।
………………………
नेपाली राजदूतावास, दोहा ।
१२ अगष्ट २०२०