नेपाल एयरलाइन्सको २ जुलाई २०२० मा हुने उडानको लागि टिकट खरिद गर्ने सम्बन्धमा

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि नेपाल एअरलाईन्सको अर्को उडान २ जुलाई २०२० का लागि तय भएको हुँदा उक्त एयरलाइन्सको २०, २८, २९ र ३० जुनको उडानका लागि राजदूतावासले प्रकाशित गरेको प्राथमिकताको सूचीमा नाम भएका तर विविध कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले उक्त एयरलाइन्सको देहायको आधिकारिक ट्राभल एजेन्सीमा थयाशिघ्र सम्पर्क गर्नुहुन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ :
Fahd Travels, Jaida Towers (Sales & Reservation) Abdul Hafeezऽ Mob +974 70665648 Kashi Dhamala, Mob +97466675150 Tel +974 44318080 Fax +974 44214744 Email: doh.sales@nac.com.np, nepalairlinessales@fahdtravels.com
साथै, Ehteraz Appप्रयोगमा नल्याएको व्यक्तिले उडान गर्न नसक्ने हुनाले सम्बन्धित सबैले आफ्नो मोबाईलमा Ehteraz App अनिवार्य रुपमा डाउनलोड गरी प्रयोगमा ल्याउनुहुन समेत अनुरोध छ।
त्यसै गरी रोजगारदातले Escape Report दर्ता गरेका व्यक्तिको हकमा एअरलाईन्सबाट Itinerary सहितको हवाईटिकट लिई Search and Follow up Department मा आफै गई उक्त हवाई टिकटमा सो Department को छाप लगाई अनिवार्य रुपमा स्वीकृति लिएर मात्र उडान गर्न सकिने व्यहोरा सबैमा अनुरोभध छ ।
=========
२०७७।३।१६
नेपाली राजदूतावास, दोहा