नेपाल कतार कूटनीतिक सम्बन्ध स्थापनाको चार दशक पूरा भएको अवसरमा महामहिम राजदूत प्रा. रमेश प्रसाद कोइरालाले व्यक्त गर्नुभएको शुभकामना सन्देश !

हाल नेपाल कतार कूटनीतिक सम्बन्ध स्थापनाको चार दशक पूरा भईसकेको जानकारी गराउन पाउँदा अत्यन्त खुशी लागेको छ। यसै सिलसिलामा दुई देशबीच रहेको द्बिपक्षीय एवम् श्रमिक सम्बन्धका अतिरिक्त व्यापार, पर्यटन, लगानी, शिक्षा आदि जस्ता क्षेत्रमा समेत आपसी सम्बन्ध तथा सहयोग विस्तार गर्ने प्रयास समेत भइरहेको छ। हाल कतार लगभग चारलाख नेपालीहरुको कार्यस्थलको रुपमा रहेको छ। दुई देशबीच रहेको कूटनीतिक एवम् श्रमिक सम्बन्धका साथै लगानी प्रवर्द्बन तथा व्यापार वृद्दि मार्फत नेपाल कतारबीचको सम्बन्ध आगामी दिनमा अझ विस्तार र प्रगाढ हुँदै जाने विश्वास लिएको छु। यसै अवसरमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन यस राजदूतावासबाट विविध कार्यक्रमहरु संचालन गरी भव्यताकासाथ मनाउने कार्यक्रम समेत रहेको कुरा सगौरव जानकारी गराउन चाहन्छु ।उक्त कार्यक्रमको आयोजनाको लागि यहाँहरुबाट सदाझैं रचनात्मक सुझाव, सहयोग तथा सहकार्य निरन्तर रहने कुरामा विश्वस्त रहेको छु ।

प्रा. रमेश प्रसाद कोइराला
राजदूत

2018.01.29