नेपाल फर्कनका लागि व्यक्तिगत रुपमा राजदूतावासको फाराम भर्नुभएका व्यक्तिहरु तथा कम्पनीको तर्फबाट राजदूतावासको नामावली उपलव्फाध गराउनु भएका व्यक्तिहरुको थप नामावली सम्बन्धी जानकारी

यस राजदूतावासको मिति २०७७।२।३० को सूचनामार्फत कोभिड-१९ को प्रकोपबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनैपर्ने नेपाली नागरिकहरुले राजदूतावासले वेवसाईट र फेशबुक पेज मार्फत उपलब्ध गराएको दर्ता फाराम भरेर तथा अन्य माध्यमबाट दर्ता फाराम भर्नु भएका व्यक्तिहरुको नामावली १२ जुन २०२० मा पहिलो पटक र २५ जुन २०२० मा दोश्रो पटक प्रकाशित गरिएको थियो । २६ जुन २०२० देखि ११ अगष्ट २०२० सम्म राजदूतावासको अनलाईन फाराम भरी नाम दर्ता गराउनु भएका नेपाली नागरिकहरुको नामावली निम्न लिकमा दिईएको छ https://drive.google.com/…/1gcIv7Ka-l1Jmu2AbuoSppq8MZ…/view…

त्यसै गरी विभिन्म्पन कम्पनीबाट प्नाप्त नेपाल फर्कनु पर्ने नेपालीहरुको नामावलीको निम्न लिकमा दिईएको छ : https://docs.google.com/…/1txnpPKD0cPsPEkjjPgPryhwvV2…/edit…

यो नामावली नेपाल फर्कने प्राथमिकता सूचि नभई राजदूतावासमा नाम दर्ता भएको जानकारी मात्र हो । यस नामावली मध्येबाट प्राथमिकतामा पर्ने नेपालीहरुको सूचि हवाइ उडान तय भएसँगै क्रमश: प्रकाशित गर्दै लगिनेछ ।

१२ अगष्ट २०२०
नेपाली राजदूतावास
दोहा ।