नेपाल फर्कने थप उडानबारे जानकारी

कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि दोहा-काठमाण्डौंका लागि देहायबमोजिमका थप ४ ओटा उडानहरू तय भएको जानकारी प्राप्त भएको छ ।
नेपाल एयरलाइन्स : ९ र १० अगष्ट २०२०
हिमालय एयरलाइन्स : ८ र ९ अगष्ट २०२०
तसर्थ, हिमालय एयरलाइन्स लागि संलग्न लिंक https://docs.google.com/…/1JMdR_gLykGD9QIDdRi_MPA5FmM…/edit… .मा नाम हुनु भएका व्यक्तिहरूले सोही एयरलाइन्सको देहायको ट्राभल एजेन्सीमा टिकटका लागि सम्पर्क गर्नुहुन अनुरोध छ ।

Cleopatra Travels, Doha,
(D-Ring Road, Building No 51, Area No 45,
Area : Old Airport Road in between Lulu & FFC)
Roshan Thakur: Tel+974 44435333 Roshanthakur75@gmail.com, Roshan@cleopatraholidays.com

त्यसै गरी नेपाल एयरलाइन्सको लागि संलग्न लिंक https://docs.google.com/…/1z3isRqrp7lz9GceNUjDhbVts3C…/edit… मा नाम हुनु भएका व्यक्तिहरूले सोही एयरलाइन्सको देहायको ट्राभल एजेन्सीमा टिकटका लागि सम्पर्क गर्नुहुन अनुरोध छ ।

Fahd Travels, Jaida Towers (Sales & Reservation)
Abdul Hafeez, Mob +974 70665648, Kashi Dhamala, Mob +97466675150
Tel +974 44318080 Fax +974 44214744 Email: doh.sales@nac.com.np

राजदूतावासले यस अघिका उडानका लागि प्रकाशित गरेको प्राथमिकता सूचिमा नाम भएका तर विभिन्न कारणले टिकट काट्न छुटेको व्यक्तिहरुले पनि यी उडानहरूमा टिकट काटी यात्रा गर्न सक्नुहुनेछ भने यी उडानका लागि हवाई टिकट उपलव्ध हुन नसकेमा आगामी उडानहरुमा टिकट काटन सकिने छ ।

संलग्न सूचीमा कतार सरकारको गृह मन्त्रालयबाट स्वीकृति प्राप्त भैसकेका र स्वीकृतिका लागि प्रक्रियामा रहेका नामहरू छ्ट्टयाईएको छ । स्वीकृति प्राप्त भैनसकेका व्यक्तिको हकमा स्वीकृति प्राप्त भएपछि मात्र यात्रा गर्न सकिने छ ।

हवाई भाडा पूर्व सूचनामा उल्लेख भएबमोजिम अमेरिकी डलर ३९२।- (कतारी रियाल १,४३०।-) रहेको छ ।

विमानस्थलमा ज्वरो मापन गरिने साथै “Ehteraz मोबाइल एप” मा हरियो रंग भएका व्यक्तिले मात्र विमानस्थलमा प्रवेश गर्न पाउने हुनाले अनिवार्य रुपमा उक्त एप संचालनमा ल्याउनु हुन अनुरोध छ ।

यसै बीच सुत्केरी तथा गर्भवती महिला र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरु केही विमानस्थलमा पुगे पछि FIT TO FLY CERTIFICATE नभएको कारणले उडान गर्न असमर्थ हुनु भएको जानकारी हुन आएको हुँदा यस्तो अवस्थाका यात्रुहरुले आफुलाई स्वास्थ्य परीक्षण गर्ने चिकित्सक वा स्वास्थ्य संस्थाबाट FIT TO FLY CERTIFICATE अनिवार्य साथमा लिएर मात्र विमानस्थल जानुहुन सम्बन्धित सबैमा अनुरोध छ ।

पुनश्च: हवाई उडानका लागि हवाईटिकट लिई सकेका यात्रुहरुले व्यक्तिगत विवरण फारम अनिवार्य online भरी सो को बारकोडको प्रिन्टेड कपी पनि साथमा लिएर मात्र यात्रा गर्नुहुन अनुरोध छ। सो फाराम COVID-19 Crisis Management Center (CCMC) को website https://ccmc.gov.np अथवा https://ccmc.gov.np/doc_upload/nepal_return_form.pdf लिङ्क मा पनि उपलव्ध छ ।
………………………
नेपाली राजदूतावास, दोहा ।
५ अगष्ट २०२०