नेपाल फर्कने व्यवस्थापन तथा राजदूतावासबाट हुने सेवा प्रवाह सम्बन्धी नेपाली राजदूतावासको विशेष अनुरोध (विभिन्न सेवा तथा जानकारीका लागि एक्सटेन्शन नम्बर सहित)

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप विभिन्न मितिमा नेपाल एअरलाईन्स र हिमालय एयरलाइन्सको उडानहरुबाट नेपाल फर्कने क्रम जारी सबैमा विदितै छ ।यो प्रक्रियालाई निरन्तर अघि बढाउन राजदूतावासले आवश्यक समन्वय र सहजीकरण गरिरहेकै छ। राजदूतावासले हालसम्म मार्च २ तारिखसम्म रोजगारी सकिएका व्यक्तिहरुको नामावली प्रकाशित गरिसकेको छ जस मध्ये धेरै व्यक्ति स्वदेश फर्किसक्नु भएको छ ।

आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानु पर्ने, कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका, सुत्केरी तथा गर्भवती महिला बालबालिका,
ज्येष्ठ नागरिक र अपांगता भएका, अध्ययन समाप्त भएका विद्यार्थी इन्टर्न समेत
पारिवारिक पुनर्मिलनका लागि आएका, पर्यटक तथा व्यापारिक भिसामा आएका बाहेक कतार आई डी/भिसा समाप्त भएका वा आई. डी. रद्द भएका, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका र वार्षिक/बेतलबी बिदामा रहेकाहरुको हकमा रोजगारी समाप्त भएको मिति र नेपालबाट तय हुने उडानको संख्या र मितिको आधारमा नेपाल फर्कने प्राथमिकता सूची प्रकाशित गरिने हुँद्बदा आफ्नो पालो पर्खनुहुन राजदूतावास विशेष अनुरोध गर्छ ।

हवाई उडानको मिति तय भएसँगै राजदूतावासले प्राथमिकता सूची आफ्नो वेवसाईट र फेशबुक पेज मार्फत नामावली प्रकाशित गर्दै लैजाने छ।अहिलेको परिस्थितिमा यस राजदूतावासबाट प्रवाह हुने सेवाका लागि राजदूतावसको हटलाईन ४४६७५६८१ मा फोन गरी आफुले चाहेको एक्सटेन्शन नम्बरमा डायल गरी सेवा लिन सकिने भएकोले यी सेवाहरुका लागि राजदूतावासमा आउनै नपर्ने गरी व्यवस्थापन मिलाईएको छ ।

विभिन्न सेवा तथा जानकारीका लागि एक्सटेन्शन नम्बरहरु

१ रोजगारीजन्य समस्याका लागि……115
२ कम्पनीमार्फत् नेपाल फर्कने प्रकृयाका लागि……116
३ आफन्तको मृत्यु भइ काजक्रियाका लागि नेपाल फर्कनुपर्ने भएमा…111
४ कोभिड १९ बाहेक जटिल स्वास्थ्यजन्य समस्या भइ तत्काल नेपाल फर्कनुपर्ने भएमा…113
५ पर्यटक तथा पारिवारिक भिसामा कतारमा रही तत्काल नेपाल फर्कनुपर्ने भएमा…105
६ नेपालीको मृत्यु तथा शव नेपाल लैजाने विषयका लागि…114
७ तुरुन्त नेपाल जानुपर्ने अवस्थामा Travel Document जारी गर्नुपर्ने भएमा…110
८ श्रम सहचारीका लागि….119
९ लेखा शाखाका लागि…109
१० अन्य जानकारी वा अपरेटरका लागि …0

सार्वजनिक बिदाका दिन बाहेक राजदूतावास हरेक आइतवार देखि बिहीबारसम्म बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म खुल्ला रहने हुँदा सोही समयमा फोन गर्नहुन समेत अनुरोध छ ।
साथै, ४ जुन २०२० को सूचनामा प्रकाशित गरिएका मोवाईल नम्बरहरु क्रमश: 33880321, 66963616, 66950724, 70453388 र WhatsApp number 33560117 अब उप्रान्त प्रयोगमा नरेहको व्यहोरासमेत अनुरोध छ ।
………………………………………….
२०७७/३/२४ ( ८ जुलाई २०२०)
नेपाली राजदूतावास
दोहा, कतार ।