नेपाल फर्कन जरुरी भएका कतारमा रहेका नेपालीहरुको लागि सूचना

Link https://docs.google.com/spreadsheets/d/1LOhDDLhddeMRkE-XEe2zKru996at76yKGhqcBIQEhvI/edit?usp=sharing

कोभिड-१९ को प्रकोपबाट उत्पन्न असहज परिस्थितिमा विभिन्न कारणले कतारमा रहनु भएका र अन्तर्राष्ट्रिय हवाई उडान प्रतिवन्धका कारणले कतारमै बस्न बाध्य भई स्वदेश फिर्ता हुन नपाएका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने प्रयोजनको लागिन्तर्राष्ास, दोहान हुनेै हुने व्यक्तिहराउनु हुन अनुर राजदूतावासले आव्हान गरेबमोजिम रजिष्ट्रेशन फाराम भरी तथा विभिन्न माध्यमबाट दूतावासमा विवरण उपलब्ध गराउनु भएकोमा सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७७।२।१२ को निर्णयबाट जारी भएको ‘कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७‘ अनुरुप तेश्रो मुलुकबाट स्वदेश फर्कनैपर्ने नेपालीको सम्बन्धमा कतारमा रहनुभएका नेपाली नागरिकहरुलाई स्वेदश फर्काउनका लागि दोहा-काठमाण्डौ सेक्टरका लागि पहिलो चरणमा निम्नबमोजिम 4 वटा हवाई उडानहरुको सूची स्वीकृत गरेको छःक. १६ र २० जुन २०२० मा नेपाल एयरलाइन्सका २ उडानहरुख. १७ र २२ जुन २०२० मा हिमालय एयरलाइन्सका २ उडानहरुउल्लेखित उडानहरुबाट हुने उद्दार कार्यका लागि देहाय अनुसार व्यवस्था गरिनेछ :१. हालसम्म नेपाल फर्कनैपर्ने भनी राजदूतावासको फाराम भरेर तथा अन्य माध्यमबाट नाम तथा विवरण उपलब्ध गराउनुभएका व्यक्तिहरुको सूचि https://docs.google.com/spreadsheets/d/1LOhDDLhddeMRkE-XEe2zKru996at76yKGhqcBIQEhvI/edit?usp=sharing यसैसाथ प्रकाशित गरिएको छ ।२. उक्त सूचिमध्ये प्राथमिकतामा पर्ने नागरिकहरुलाई राजदूतावासले सूचनामार्फत वा प्रत्यक्ष रुपमा आफै सम्पर्क गर्नेछ ।३. हवाई टिकटको मूल्य अमेरिकी डलर ४९० तोकिएको छ ।४. प्राथमिकतामा परेका यात्रुको नामावली सहित उडान अनुमतिको प्रक्रिया पूरा भएपछि वहाँहरुको नामावली प्रकाशित गरिनेछ र हवाइटिकट खरिद गर्न सूचित गराइनेछ । हवाइटिकट खरिद गर्ने स्थान तथा सम्पर्क विवरण सोही बखतमा जानकारी गराइनेछ ।५. हवाई उडान गर्नु अघि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण गर्ने सम्बन्धमा थप जानकारी पछि उपलब्ध गराइनेछ ।६. कतारको प्रचलित कानून अनुसार हवाई उडानको लागि अनुमति नपाएका व्यक्तिहरुको हकमा राजदूतावासले सम्बन्धित निकायमा आवश्यक समन्वय र सहजीकरणको लागि पत्राचार गर्नेछ । उक्त निकायहरुबाट आवश्यक प्रक्रिया पूरा भएपछि वहाँहरुलाई त्यसपछिका उडानहरुमा समावेश गरिनेछ ।७. विभिन्न प्राविधिक कारणहरुले उडानको मिति हेरफेर हुन सक्ने छ ।८. राजदूतावासले माथि उल्लेखित सूचिबाट निम्न बमोजिम प्राथमिकताको आधार तय गरेको छ :· आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानु पर्ने· सुत्केरी तथा गर्भवति महिला· कोभिड-१९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका· बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति· अध्ययन समाप्त भएका विद्यार्थी इन्टर्न समेत· पारिवारिक पुनर्मिलनका लागि आएका· पर्यटक तथा व्यापारिक भिसामा आएका· श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका· कतार आई डी/भिसा समाप्त भएका वा आई. डी. रद्द भएका· बेतलबी बिदामा रहेकाआममाफी पाएका तथा डिपोर्टेशन केन्द्रमा रहेका नेपालीहरुलाई कतार सरकारले आफ्नै विमानमार्फत नेपाल फर्काउने प्रक्रिया अघि बढाएको हुँदा सोही बमोजिम हुनेछ ।विषम परिस्थितिका बाबजुद स्वदेश फिर्तिका लागि हालसम्म धैर्यतापूर्वक प्रतिक्षा गर्नुभएकोमा राजदूतावास सबैप्रति कृतज्ञता व्यक्त गर्दछ । माथि उल्लेखित सूचिमा पर्नुभएका व्यक्तिहरुले धैर्यतापूर्वक आफ्नो पालोको प्रतीक्षा गरिदिनुहुन दूतावास हार्दिक अनुरोध गर्दछ । आवश्यकता अनुरुप र प्राथमिकताका आधारमा दूतावासले सूचनामार्फत वा प्रत्यक्ष रुपमा आफै सम्पर्क गर्नेछ ।कतारमा समस्यामा परेका बढीभन्दा बढी नेपाली नागरिकहरुको स्वदेश फिर्ति प्रक्रिया सहजीकरण गर्न राजदूतावास प्रयत्नशील छ ।दोस्रो चरणको हवाइ उडानहरु घोषणा भएपछि माथि उल्लेखित प्रकृयाबाट प्राथमिकतामा पर्ने नागरिकहरुको थप नामावली प्रकाशित गर्दै लगिनेछ ।

२०७७/०२/३०

नेपाली राजदूतावास, दोहा