परिमार्जित राहदानी आवेदन फाराम लागु भएको सम्बन्धी सूचना


काठमाण्डौस्थित राहदानी विभागले ICR Data Entry System लागू गरी सकेको र उक्त प्रणाली लागु गर्नका लागि नयाँ राहदानी आवेदन फाराम भर्नुपर्ने  र अब उप्रान्त सोहि फाराम मात्र स्विकार गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
MRP को लागि नयाँ फाराम डाउनलोड गर्ने तरिका
१. नेपाली राजदूतावास, दोहाको  वेवसाईट www.nembdoha.com मा गई दाहिनेतिर रहेको download   बक्समा  click गर्ने ।
२. त्यसपछि Download Centre  मा रहेको MRP Form  डाउनलोड गर्ने ।
३. यसरी  Download भएको फाराम माउसको Right Click गरी Save as मा click गरी आफुले चाहेको Location मा सेभ गरी उक्त फाइल close गर्ने ।
४.   उक्त सेभ गरीएको फारामलाई पुनः खोली आफ्नो बैयक्तिक विवरण शुद्धसंग टाइप गरी फाराम भर्ने ।
५. स्पेस दिनुपर्ने ठाउँमा Tab थिच्नुपर्ने ।
६. भरिसकेको फारामलाई सेभ गर्न नमिल्ने भएकोले एकपटक पुनः सबै विवरण राम्रोसंग जाँच गरेर मात्र प्रिन्ट गर्ने । प्रिन्ट गर्दा Page Scaling को Option मा गई NONE click गर्ने ।
नेपाली राजदूतावास
दोहा
दिनांक २०७१।०२/२५
Re-Posted 2 August 2014