प्रेस विज्ञप्ति


नेपाली राजदूतावासदोहाको आयोजनामा मिति २०७४ जेठ १८ गते विहीबारका दिन नेपाल सरकारको स्वीकृत आर्थिक कूटनीति सम्बन्धी कार्यक्रम अन्तर्गत द्विपक्षीय लगानी तथा विप्रेषणको उत्पादनशील उपयोगसमस्या तथा समाधानका उपायहरू ” बिषयमा कतारमा विभिन्न व्यवसाय तथा वित्तीय संस्थासंग सम्बन्धित रही कार्यरत नेपाली व्यवसायीहरूबीच अन्तर्क्रियात्मक छलफल कार्यक्रम सम्पन्न भयो ।

      उक्त कार्यक्रममा नेपाल कतारबीचको द्विपक्षीय सम्बन्धलाई थप अभिवृद्धि गर्ने सिलसिलामा लगानी प्रवर्द्धन र संरक्षणका लागि द्विपक्षीय सम्झौताको आवश्यकता तथा उपदेयतानेपालमा कतारी लगानीका तथा कतारमा नेपाली लगानीका सम्भाव्य क्षेत्रहरू र सोको बृद्धिका लागि अवलम्बन गर्नु पर्ने कार्यहरूकतारमा नेपाली व्यवसायीहरूका समस्या तथा समाधानका उपायहरू तथा नेपालमा विप्रेषणको उत्पादनशील उपयोग अभिवृद्धिका सन्दर्भमा देखिएका समस्या तथा चुनौति र सोको समाधानका लागि अवलम्वन गर्नु पर्ने कार्यहरू लगायतका विषयहरूमा अन्तरक्रियात्मक छलफल भएको थियो ।

      सो कार्यक्रमको प्रारम्भमा नेपाल कतारबीच लगानी प्रवर्द्धन र संरक्षणका लागि द्विपक्षीय सम्झौता गर्दा सो सम्झौतामा समावेश गर्न उपयुक्त हुने प्रमुख बिषयहरु र सोबाट  द्विपक्षीय लगानी प्रवर्द्धनमा पर्ने सकारात्मक प्रभावहरुको बिषयमा राजदूतावासबाट एक संक्षिप्त कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा उपस्थित सहभागिहरूबाट उक्त कार्यपत्रअन्तरक्रियाका सम्बन्धित विषयहरू एवम् अन्य समसामयिक विषयहरूमा आआफ्नो विचार प्रस्तुत गर्नु भएको थियो ।

      कार्यक्रमको समापनको अवसरमा बोल्नुहुँदै कतारका लागि नेपाली राजदूत महामहिम प्रा. रमेश प्रसाद कोइरालाज्यूले नेपाल कतारबीचको द्विपक्षीय सम्बन्धलाई थप उचाईमा पुर्याउनेद्विपक्षीय लगानी प्रवर्द्धन र संरक्षण गर्नेविप्रेषणको उत्पादनशील उपयोग अभिवृद्धि गर्नेकतारमा कार्यरत नेपाली कामदारका समस्या सीघ्र समाधान गर्ने लगायतका विविध विषयहरूमा नेपाली राजदूतावास दोहा योजनावद्ध रूपमा क्रियाशील हुँदै आएको र आगामी दिनहरूमा थप प्रभावकारिताकासाथ कार्यहरू अगाडि बढाउन लागिएको जानकारी दिनु भयो ।

 

 

नेपाली राजदूतावास

दोहाकतार ।

२०७४ जेठ १८