प्रेस विज्ञप्ती: छैटौ गणतन्त्र दिवस


आज छैटौ गणतन्त्र दिवस नेपाली नियोग दोहा, कतारमा भव्य उल्लासपूर्ण वातावरणमा सम्पन्न भयो । महामहिम राजदूत डा. मायाकुमारी शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मिनिष्टर काउन्सिलर गणेशप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गनुर््भएको थियो भने द्धितीय सचिव हरिहरकान्त पौडेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा दूतावासलाई प्रत्यक्ष सहयोग पुर्याउने संस्थाहरु नेपाल लोकतान्त्रिक मञ्च, नेपाल महिला समाज, मोरडसुनसरी सेवा समाज, चितवन युवा समूह, कास्की आदर्श सेवा समाज, प्रवासी झापाली सम्पर्क मन्च, अर्घाखाँची सेवा समाज, गुल्मी सेवा समाज, प्युठान सेवा समाज, मितेरी फिल्मस् सांस्कृतिक परिवार, खस क्षत्री सेवा समाज, प्रवासी नेपाली सांगीतिक परिवार र मुस्लिम समाजका अध्यक्षहरुलाई खादा ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा कतारमा रहेका नेपाली समाजका अगुवाहरुले मन्तव्य राखेका थिए । कार्यक्रममा पीडित नेपालीहरुलाई सहयोग गर्ने दाताहरुलाई खादा ओढाएर सम्मान गर्नुको साथै कमलमणि गुरागाई, दिल खड्का, राजेन्द्रकुमार शर्मा, एनआरएन कतार, सफारी मल र नयाँ परिवारलाई प्रशंसापत्र पनि प्रदान गरिएको थियो । कार्यक्रममा पन्चैबाजाको प्रस्तुती समेत रहेको थियो ।