बिदा सम्बन्धी सूचना ।

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद-उल-फितरको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरु र कतारमा रहनुभएका सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा नेपाली राजदूतावास, दोहा, कतारको तर्फबाट सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
इद-उल-फितरको अवसरमा नेपाली राजदूतावास मिति २०७६/२/२१ गते मंगलबारदेखि २०७६/२/२३ बिहिबारसम्म (तदनुसार २०१९ जुन ४ देखि जुन ६ सम्म) बन्द रहने तथा २०७६।२।२६ गते आईतबार (तदनुसार २०१९ जुन ०९) देखि पूर्वरतरुपमा खुला रहने व्यहोरा अनुरोध छ ।
साथै, यस पवित्र पर्वको सिलसिलामा बिदा मनाउने क्रममा देहाय अनुसारको कार्य नगर्नु नगराउनुहुन समेत सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौंः १. बिदा मनाउने सन्दर्भमा कतारको धर्म, संस्कृति, परम्परा र मान्यता विपरित हुने कुनै पनि कार्य नगर्नुहुन । २. निषेधित खाद्य तथा पेय पदार्थको बेचबिखन गर्ने तथा सार्वजनिक स्थलहरुमा उपभोग गरी अनावश्यक भिडभाड र होहल्ला गर्ने कार्यमा संलग्न नहुनु हुन । नेपाली राजदूतावास, परिवार
दोहा ।२०७६/२/२०