यन्त्रवाचक राहदानी (MRP) नवीकरणको नियमित सेवा स्थगन गरिएको सम्बन्धमा

नेपाल सरकारले लागू गरेको विद्युतीय राहदानी (e-Passport) नेपालमा राहदानी विभाग तथा केहि जिल्लाहरुबाट जारी भईसकेको परिप्रेक्षमा नेपाली राजदूतावास दोहाबाट पनि केही हप्ता भित्रै ई-पासपोर्ट जारी गर्ने गरी आवश्यक व्यवस्थापकीय तयारी भईरहेको छ । यस कार्यका लागि नयाँ प्रणाली जडान गर्नुपर्ने भएकोले सो को तयारी लगायतका अन्य कार्यहरुका गर्नका लागि मिति २०७८ माघ १६ गते तदनुसार ३० जनवरी २०२२ देखि अर्को सूचना जारी नभएसम्म यन्त्रवाचक राहदानी (MRP) नवीकरण गर्ने/नयाँ बनाउने कार्य स्थगन गरिएको छ।

अबको केही दिनभित्रै विद्युतीय राहदानी (e-Passport) को लागि आवेदन लिने कार्य  शुरुवात गरिने छ। राजदूतावासबाट सो सम्बन्धमा नयाँ सूचना जारी हुनेछ ।

अत्यावश्यक अवस्था अर्थात कतार बसाई अवैधानिक हुने अवस्था आएमा मात्र यन्त्रवाचक राहदानी (MRP)नवीकरणको लागि आवेदन लिईनेछ। राहदानी हराएका वा म्याद सकिएर जरुरी अवस्थामा नेपाल जानेहरुको हकमा यात्रा अनुमति पत्र जारी गरिने छ ।

यन्त्रवाचक राहदानी नवीकरण (MRP) को नियमित सेवा केही दिनको लागि स्थगन गर्दा कतारमा रहनु भएका नेपाली नागरिकहरुमा पर्न गएको असुविधाप्रति राजदूतावास क्षमाप्रार्थी छ।

 

२०७८।१०।१३

नेपाली राजदूतावास

दोहा, कतार।