यात्राको लागि कतारमा गरिने कोभिड-१९ PCR Test सम्बन्धी सूचना

..

कतारमा बढ्दो कोभिड-१९ को संक्रमणसँगै यात्रामा जाने प्रयोजनका लागि कतारका विभिन्न सरकारी स्वास्थ्य केन्द्रहरुले निशुल्क वा न्यूनतम शुल्कमा हालसम्म उपलब्ध गराईरहेको कोभिड १९ को PCR Test अर्को सूचना नभएसम्म अस्थायी रुपमा बन्द गरिएको र निजी क्षेत्रका तोकिएका अस्पतालहरुबाट मात्र उक्त सेवा लिन सकिने भनी कतारको हमाद मेडिकल कर्पोरशेनले आज मिति ४ अप्रिल २०२१ मा सूचना जारी गरेकोले सोही व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
यात्रामा जाने प्रयोजनका लागि कोभिड-१९ PCR Test गर्न सूचिकृत निजी स्वास्थ्य संस्थाहरुको नामावली यसैसाथ संलग्न छ ।
२०७७।१२।२२