राजदूतावासबाट प्रवाह हुने सेवाबारे जरुरी सूचना

हालैका दिनमा कोभिड संक्रमणको संख्या निरन्तर वृद्धि भएको सन्दर्भमा कतार सरकारले ४ फेब्रुवरी २०२१ देखि लागू हुने गरी थप सतर्कता र सुरक्षाका विभिन्न उपायहरु सार्वजनिक गरेसँगै राजदूतावासले प्रवाह गर्ने देहायका सेवाका लागि देहायबमोजिमको व्यवस्था गरिएको छ:

राहदानी नविकरणका लागि

टोकन नम्बर १-१० सम्म विहान ९ बजे देखि १० बजेसम्म
टोकन नम्बर ११-२५ सम्म विहान १० बजे देखि ११ बजेसम्म
टोकन नम्बर २६-४० सम्म विहान ११ बजे देखि अपरान्ह १२ बजेसम्म
टोकन नम्बर ४० भन्दा माथि अपरान्ह १२ बजे पछि

संस्थागत मागप्रमाणिकरणका लागि

प्रत्येक दिन २० वटा सम्म मागपत्र प्रमाणिकरणका लागि आवेदन लिइनेछ। आवेदकले टोकनसहित सम्पूर्ण कागजात मूलगेटमा नै जम्मा गर्नुपर्नेछ। प्रमाणिकरणको बाँकी प्रकृया पूरा गर्नको लागि आवेदन पेश गरेको तेश्रो कार्यदिनमा दूतावासमा आउनुपर्नेछ। थप जानकारी तथा अन्य कागजात आवश्यक भएमा दूतावासले सम्बन्धित आवेदक वा कम्पनीलाई सम्पर्क गर्नेछ।

साथै राजदूतावासमा आफै उपस्थित भएर लिनु पर्ने सेवा बाहेक अन्य जानकारीका लागि फोन नं (४४६७५६८१, ४४६७५६८३) वा देहायका इमेलमा सम्पर्क गर्नुहुन अनुरोध छ।

  • माग प्रमाणिकरण तथा श्रम सम्बन्धी समस्या तथा जानकारीका लागि: doha@mofa.gov.np
  • राहदानी सेवाका लागि: doha@mofa.gov.np
  • कन्सुलर सेवाका लागि: doha@mofa.gov.np

नेपाली राजदूतावास, दोहा ।

207७/1०/२२

 Notice regarding Group Demand Attestation

In view of the current preventive measures implemented by the Government of Qatar to control COVID 19 transmissions, applicants for Group Demand Attestation are requested to drop the required documents set at the main gate of the Embassy along with token number. The applicants should visit the Embassy on the third working day for completing the remaining procedure. If necessary, the Embassy will contact the applicant or the company in between.

Embassy of Nepal, Doha

4 February 2021