राजदूतावासमा ईमेल वा म्यासेन्जर मार्फत कुनै जानकारी माग्दा आफ्नो नाम र सम्पर्क नम्बर उपलव्ध गराउने सम्बन्धमा

यस राजदूतावासबाट उपलव्ध हुने सेवाहरुको बारेमा ईमेल वा म्यासेन्जर मार्फत जानकारी माग्ने क्रममा कतिपय सेवाग्राहीहरुले आफ्नो वास्तविक नाम प्रयोग गर्ने नगरेको र आफ्नो सम्पर्क नम्बर उपलव्ध नगराउने गरेको हुँदा फोनबाट प्रष्टसँग जानकारी दिन सकिने विषयमा समेत ईमेल गर्नुपर्ने अवस्था आउँदा जानकारी अपुरो हुनसक्ने र नाम फरक पर्दा कतिपय जानकारीहरु फरक हुनसक्ने तथा जानकारी/विवरण अध्यावधिक गर्नसमेत असहज हुने गरेको छ । तसर्थ राजदूतावासमा ईमेल गर्दा वा राजदूतावासको फेशबुक पेज मार्फत म्यासेन्जरमा म्यासेज गर्दा मिलेसम्म आफ्नो सम्पर्क नम्बर, वास्तविक नाम र बुझ्न चाहेको विषय नेपाली वा अँग्रेजी भाषामा प्रष्टसँग लेखेर पठाउनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।

राजदूतावासका फोन नम्बरहरु:

+974 44675681/ +974 44675683/ +974 44171962 Fax: +974 44675680

राजदूतावासको वेवसाईट: qa.nepalembassy.gov.np

राजदूतावासको Facebook page: facebook.com/eondoha

राजदूतावासका Email ठेगानाहरु:

कन्सुलर सेवा सम्बन्धी कामका लागि (for Consular related services): consular.doha@mofa.gov.np

राहदानी सम्बन्धी कामका लागि(for Passport related Services): passport.doha@mofa.gov.np

श्रमसँग सम्बन्धी कामका लागि(for Labour related matters): labour.doha@mofa.gov.np

अन्य जानकारीका लागि(for other information): eondoha@mofa.gov.np

कार्यालय सम्पर्क समय: सार्वजनिक बिदाका दिन बाहेक आईतवार देखि विहिवार विहान ८३० देखि अपरान्ह ४ बजेसम्म ।

……………………

२०७८/१०/१९

नेपाली राजदूतावास

दोहा, कतार ।

……………………

२०७८/१०/१९

नेपाली राजदूतावास

दोहा, कतार ।