रोजगारदाता परिवर्तन गर्दा अपनाउनु पर्ने प्रकृयाबारे जानकारी

कतार सरकारले श्रम कानूनमा संशोधन गरि रोजगारदाता कंपनी परिवर्तन गर्दा NOC (No Objection Certificate) आवस्यक नपर्ने व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार कंपनी परिवर्तन गर्दा निम्न प्रकृया अपनाउनु पर्दछ ।

रोजगारदाता ( कंपनी वा व्यक्ति ) परिवर्तन गर्दा सूचना दिनु पर्ने

  • २ वर्ष भन्दा वढि अवधि कंपनीमा काम गरिरहेको भए २ महिनाको सूचना दिने ।
  • २ वर्ष भन्दा कम अवधि काम गरिरहेको भए १ महिनाको सूचना दिने ।
  • रोजगारदाता संग भएको करारको म्याद सकिने मिति भन्दा ३० दिन अघि सूचना दिनुपर्ने ।
  • करार पत्रमा करारको म्याद सकिने मिति उल्लेख नभएमा ५ वर्ष पछि मात्र सूचना दिन सकिने । यस्तोमा ५ वर्ष पछि सूचना दिँदा ६० दिनको सूचना दिने ।
  • सूचना संगै छाडन चाहेको रोजगारदातासंगको करार पत्र, सो नभए रोजगारी दिने पत्र (इम्पोलोइमेन्ट अफर), जान चाहेको रोजगारदाताले अरवीमा लेखेको जागिर दिन्छु भन्ने पत्र(जव अफर) र रोजगारदाता परिवर्तन गर्न भरेको फाराम समेत संलग्न गर्नु पर्दछ ।
  • रोजगारदाता परिवर्तनको सूचना दिँदा कतारको श्रम मन्त्रालयको सूचना प्रणाली (Electronic Notification system of ADLSA) वाट https://bit.ly/ADLSA-ENS लिंकमा गएर दिने ।
  • सूचना दिई सकेपछि कामदार र जान चाहेको रोजगारदाता कंपनी लाई SMS वाट जानकारी आउछ ।

नयाँ रोजगारदाता संग रोजगार करार गर्ने

  • नयाँ रोजगारदाता कंपनीले कामदार संग छलफल गरी करार पत्र वनाउने ।
  • उक्त करार पत्र कतारको श्रम मन्त्रालयवाट प्रमाणिकरण (Digital Authentication) गर्नको लागि https://elcr.adlsa.gov.qa/ लिंकमा गएर गर्ने ।

कतारको नयाँ आइ डी वनाउने

  • करार पत्र प्रमाणिकरण (Authenticated ) भएपछि नयाँ रोजगारदाता कंपनीले कतार आइ डी को लागि Ministry of Interior मा अनुरोध गर्ने ।
  • नयाँ रोजगारदाता कंपनीले कतार आइ डी र हेल्थ कार्ड वनाईदिने ।

————

१४ असोज २०७७

30 September 2020