लामो समयदेखि कतारमा काम गर्ने  नेपालीहरुको विवरण अद्यावधिक गर्ने बारे सूचना !

नेपालीहरु रोजगारीको सिलसिलामा कतारमा आई विगत लामो समयदेखि कार्यरत रहेको व्यहोरा अवगतनै छ।यसरी कतार आई लामो समयदेखि काम गर्ने  नेपालीहरुको विवरण अद्यावधिक गर्ने  प्रयोजनको लागि नेपाली राजदूतावास, दोहा कतारले त्यस्ता नेपाली नागरिकहरुको सामान्य जानकारी हुने गरी एक Format तयार गरेको छ। अतः देहायअनुसारको Format मा आफ्नो विवरण यथासीघ्र नेपाली राजदूतावासमा उपलब्ध गराईदिनुहुन सम्बन्धित सबैको जानकारी लागि सूचित गरिन्छ।उल्लिखित Format अनुसारको विवरण संलग्न गरी 2075 असार 10 गते भित्र यस राजदूतावासमा पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ।

क्र. सं. नाम, थर हाल कार्यरत कम्पनी/निकाय नेपालको स्थायी ठेगाना सम्पर्क नं. पासपोर्ट नं. कतारी ID नं. शुरुमा कतार प्रवेश मिति
१.
२.
३.

पुनश्चः उपरोक्तानुसार शुरुमा कतार आउँदाको बखत आफूसंग उपलब्ध कागजातका प्रतिहरु समेत संलग्न गराइदिनुहुन समेत अनुरोध छ।

 

नेपाली राजदूतावास

दोहा ।

२०७५/२/८